Widgets

Home » » तीन युवा पक्राउ परेपछि तल्लो मोदीमा ताला

तीन युवा पक्राउ परेपछि तल्लो मोदीमा ताला

Written By sangalo on Saturday, August 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पर्वत - निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाको कम्पाउण्डभित्र भलिबल खेल्नेक्रममा झ्यालको सिसा फुटेको आरोपमा प्रहरीले चुवा–४ का तीन युवालाई पक्राउ गरेको छ। शनिबार दिउँसो भलिबल खेल्नेक्रममा बलले लागेर सिसा फुटेपछि आयोजनाको उजुरीमा प्रहरीले चुवा–४ का मनोज क्षत्री, सुनिल केसी र अर्जुन क्षेत्रीलाई राती नौ बजे पक्राउ गरेको हो। युवा पक्राउ गरेको बिरोधमा चुवाका स्थानीयले आयोजनाको मुख्य कार्यालयमा तालाबन्दी गरेका छन्। भलिबल खेल्दा सिसा फुटेको सामान्य विषयमा पनि प्रहरी लगाएर आतंक फैलाएकोले तालाबन्दी गरेर आन्दोलनमा जान बाध्य भएको स्थानीय राजकुमार क्षेत्रीले बताए। निर्माणाधिन आयोजनालाई विथोल्ने कुनै उद्देश्य नरहे पनि जनसम्पर्क अधिकृत सुरेन्द्र बेलबासेले पटक–पटक प्रहरी बोलाएर शक्ति देखाउने काम गरेको उनले आरोप लगाए। आयोजनाका साइड इन्चार्ज नरेन्द्र पौडेलले अर्को भलिबल मैदान बनाइदिए पनि कार्यालयभित्रै आएर सिसा फुटाउने काम गरेको बताए। विगत एक वर्षदेखि निर्माणाधिन यो आयोजनाको अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ। तीन अर्ब ६५ करोड लगानीमा निर्माण हुन लागेको यो आयोजना २०७२ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger