Widgets

Home » , » जहाजको भाडा बढ्यो कहाँको भाडा कति बढ्यो ?

जहाजको भाडा बढ्यो कहाँको भाडा कति बढ्यो ?

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Jahaj

काठमाडौं, श्रावण २८ - वायुसेवा सन्चालक संघ (आयोन) ले आन्तरिक हवाई भाडा बढाएको छ । आयल निगमले हवाइ इन्धनको मुल्य बढाएको भोलिपल्ट जाहाजको भाडा बढाउने निर्णय भएको हो । आइतबार बसेकेा आयोन बैठकले अगस्त १५ देखि भाडामा समावेश हुने इन्धन वापतको शुल्क बढाउने निर्णय गरेको हो । यसको स्विकृतीका लागि नागरिक उड्डयन प्राधिकरणलाई सोमबार पत्र पठाइने आयोन सदस्य प्रज्वल थापाले बताए । विमानकम्पनीले मुल्य बढाउूदा प्राधिकरणलाई ४८ घण्टा अगाडी जानकारी गराउनुपर्ने नियम छ । आइतबार गरिएको निर्णय अनुसार सबैभन्दा बढी धनगढीमा प्रतियात्रु ३ सय ८५ रुपैयाँ बढ्ने छ । नेपालगन्जका लागि २ सय ९० रुपैयाँ, भद्रपुर २ सय ७५, विराटनगर २ सय ३० र भैरहवाका लागि २ सय ५ रुपैयाँ इन्धन वापतको शुल्कमा बढ्ने छ । त्यस्तै पर्वतीय उडानमा ३ सय ७५ रुपैयाँ बढेको थापाले जानकारी दिए । पोखरामा १ सय ६५, जनकपुर १ सय ५०, भरतपुर १ सय ३० र सिमरामा १ सय १० रुपैयाँ बढी रकम लाग्ने भएको छ । प्राधिकरणले २०६७ मा हवाई भाडादर पुनरावलोकन गरी माथिल्लो र तल्लो सिमा दर परिवर्तन गरेयता प्रत्येक वर्ष आयल निगमद्वारा हवाई इन्धनमा बृद्धि गर्नासाथ जहाज उडान मंहगो हुदै गएको छ । निगमले शनिवार आन्तरिकतर्फ हवाई इन्धनको मुल्य १० रुपैयाँ बृद्धि गरी प्रतिलिटिर १ सय ३० रुपैयाँ पुर्‍याएको छ । वि.सं २०६७ अघि धेरै समयको अन्तरालमा मात्र विमानकम्पनीले भाडादर बृद्धि गर्थे । यसै वर्षदेखी प्राधिकरणले भाडादरबाट इन्धन वापतको शुल्कलाई छुट्टै राखेको हो । संसोधन गरेर सिमादर परिवर्तन भएपनि इन्धनमा ४ रुपैयाँ बृद्धि भएपछि भाडादरमा समायोजन गर्न पाउने व्यवस्था छ । पछिल्लोपटक २०१२ सेप्टेम्बर ५ मा विमानकम्पनीले इन्धन शुल्क बढाएको थियो । विमानकम्पनीका अनुसार उडान सेवामा कुल सन्चालन खर्चको ५० प्रतिशत इन्धनको शुल्क पर्ने गर्छ । 'यसमा थोरै मात्र नाफा हुने भएकाले भाडादर बढाउनै पर्छ,' एक विमानकम्पनीका अधिकारीले भने 'दशैं/तिहार र पर्यटकीय सिजनमा मात्र हाम्रो आम्दानी सन्तोषजनक हुन्छ ।' प्राधिकरणले तोकेको नयाँ सीमाअनुसार विराटनगरका लागि कम्तीमा हवाई भाडा २ हजार १० रुपैयाँ र इन्धन शुल्क १ हजार ८ सय ५० रहेको छ । त्यस्तै माथिल्लो सीमाअन्तर्गत हवाई भाडा ३ हजार ५ सय ७३ रुपैयाँ र इन्धन शुल्क लिन पाउूछन् । भैरहवाका लागि तल्लो सीमाअन्तर्गत १ हजार ७ सय २३ मा र इन्धन शुल्कबापत १ हजार ६ सय ५० रुपैयाँ जोडिनेछ । माथिल्लो सीमाअन्तर्गत ३ हजार ६३ रुपैयाूमा इन्धन शुल्क जोडेर टिकट बेच्न पाउने अधिकार कम्पनीले पाएका छन् । त्यस्तै नेपालगन्जका लागि न्यूनतम भाडा २ हजार ७ सय २८ र इन्धन शुल्क २ हजार ३ सय ५० रुपैयाँ र बढीमा ४ हजार ४९ रुपैयाँ इन्धन शुल्क लिन पाउने व्यवस्था छ । यो सीमाभित्र रहेर प्रत्येक विमान कम्पनीले आफ्नो कम्पनीको खर्च उठ्ने गरी भाडादरमा परिवर्तन गर्न पाउूछन् । पोखराका लागि न्यूनतम १ हजार ३ सय २८ हवाई भाडामा इन्धन मूल्य १ हजार ३ सय ५० रुपैयाँ र बढीमा २ हजार ३ सय ६१ रुपैयाँमा इन्धनबापतको शुल्क लिन सकिनेछ । सिमराका लागि ९ सय इन्धन शुल्कमा न्यूनतम हवाई भाडा ७ सय ५४ र बढीमा १ हजार ३ सय ४० रुपैयाँको सीमा तोकिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger