Widgets

Home » , » तमलोपा पनि नेता तान्नै व्यस्त

तमलोपा पनि नेता तान्नै व्यस्त

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Tamalopa

काठमाडौं, श्रावण २८ - करिब १७ महिनादेखि मधेसवादी दलहरूबीच एकीकरण गरी एउटै मोर्चा बनाउन कसरत गरिरहेको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) पनि अन्ततः अन्य दलका नेता तानतुनमा केन्द्रित बन्न पुगेको छ । संविधानसभापछि टुक्राटुक्रामा विभाजित दल र नेताहरूबीच गरेको एकीकरण प्रयास तत्काल असम्भव देखिएपछि उसले पनि नेता बटुल्न थालेको हो । अरू मधेसी दलले एक अर्काका नेता पार्टीमा भित्र्याइरहे पनि तमलोपाले त्यसो गरेको थिएन । तमलोपाले आइतबार मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को महासचिवबाट शनिबार राजीनामा दिएका पूर्वसभासद अकबाल अहमद शाहलाई पार्टीमा भित्र्याएको छ । उनलाई जिम्मेवारी भने दिइएको छैन । पार्टी उपाध्यक्ष वृषेशचन्द्र लालले मधेसी दलबीच एकीकरण प्रयास परिणाममुखी नदेखिएपछि आकषिर्त नेता भित्र्याउन थालिएको बताए । 'एकीकरण र पार्टी प्रवेश कार्यक्रमलाई सूगसूगै लैजाने नीति हो,' उनले कान्तिपुरसित भने । गत वैशाखमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले एकीकरणबारे मधेसवादी दलसूग सामूहिक र एक्लाएक्लै छलफल गरेका थिए । पार्टी कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा अध्यक्ष ठाकुरले टीका लगाएर शाहसहित फोरम गणतान्त्रिक कपिलवस्तुका कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् । शाह दल बदलिरहने मधेसी नेता हुन् । नेकपा, वाममोर्चा, एमाले र राप्रपा हुँदै उनी गत संविधानसभा चुनावमा मधेसी जनअधिकार फोरमबाट कपिलवस्तु- ४ बाट चुनाव लडेका थिए । त्यतिबेला तमलोपाका उम्मेदवार ईश्वरदयाल मिश्रले उनलाई हराएका थिए । शाहसँगै फोरम गणतान्त्रिक छाडेका बीपी यादव र सीताराम अग्रवाल भने तमलोपा प्रवेश गरेनन् । उनीहरू कार्यक्रममै उपस्थित भएनन् । पार्टी प्रवेश गर्दै पूर्वमन्त्री शाहले तमलोपालाई मधेसको सबैभन्दा ठूलो पार्टी बनाउन तन, मन र धन दिएर लाग्ने प्रतिबद्धता जनाए । तमलोपाका एक नेताका अनुसार शाहले महिनौंदेखि आफूलाई तमलोपामा भित्र्याउन उच्च नेतृत्वलाई दबाब दिूदै आएका थिए । शाहकै गृह जिल्लावासी तमलोपाका महामन्त्री वृजेशकुमार गुप्ता उनीविरुद्ध थिए । तैपनि दबाब थेग्न नसकेपछि उनलाई प्रवेश गराउने निष्कर्षमा तमलोपा पुगेको हो । तमलोपाले पार्टी प्रवेश गराउने पक्कापक्की भएपछि शनिबार शाहले फोरम गणतान्त्रिक छाडेका थिए । गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवदेखि रुष्ट उनी महिनौंदेखि पार्टीमा सक्रिय थिएनन् । आफ्नो पार्टी कार्यालयभन्दा अधिक समय उनी तमलोपाको कार्यालयमा बिताउूथे । प्रवक्ता सर्वेन्द्रनाथ शुक्लका अनुसार केही दिनमै फोरमका पूर्वसभासदहरू आत्मरामप्रसाद साह र सुरिताकुमारी साह र एसएन मेहता (सुनसरी) पनि तमलोपा प्रवेश गर्दैछन् । जिल्लामा हुने पार्टी प्रवेश अभियानमा उनीहरूलाई प्रवेश गराइने शुक्लले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger