Widgets

Home » , » मन्त्रीको छातीमा प्रचण्डको तस्बीर !

मन्त्रीको छातीमा प्रचण्डको तस्बीर !

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८ साउन, काठमाण्डौ । राष्ट्रपति डा. रामबरण यादवको कोटावाट मन्त्री बनेका विद्याधर मल्लिकले स्वास्थ्य मनत्रालयमा एमाओवादीकरण गरेका छन् । स्वास्थ्यमन्त्री बनेदेखि उनले जति सरुवा, बढुवा तथा राजनीतिक नियुक्ति गरेका छन्, सबै एमाओवादीलाई नै अनुकूल हुने गरी गरेको समाचार स्रोतले जनाएको छ ।bidhyadhar-mallikस्थापनाकालदेखि नै लोकतन्त्रवादी नर्सहरुले नेतृत्व सम्हाल्दै आएको नेपाल नर्सिङ काउन्सिलमा पनि एमाओवादीकरण गर्नै लागिएको छ ।
जानकी केसीको चार वर्षे कार्यकाल गत असार २८ मा सकिएपछि नर्सिङ काउन्सिलको रजिस्टार पद रिक्त छ । उक्त पदमा नियुक्तिका लागि एमाओवादी निकट तीनजना नर्सहरुको नाम सर्ट लिस्टिङ गरिएको छ । सर्टलिस्टीङ गरिएका तीन जनामध्ये मिना बानियाँ ओम नर्सिङ कलेज युनियनकी अध्यक्ष एवं उमाओवादीको नर्स फाँट हेर्ने उपाध्यक्ष हुन् । त्यस्तै किरण बज्राचार्य पहिले नेकपा एमालेको टिकट पाउने तहमा रहेपनि यतिबेला एमाओवादीमा ज्वाइन गरिसकेकी छन् , तर एमाओवादीको फोर्समा सर्ट लिस्टमा पारिएको भने होइन ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रवीण मिश्रले खोलेको मिडवाइफ रि प्रोजेक्ट नामक एनजीओकी अध्यक्ष हुन् उनी । यसैगरी सर्ट लिस्टिङको तेस्रो नम्बरमा रहेकी सम्झना पौडेल एमाओवादी नेता देवेन्द्र पौडेलकी बहिनी हुन् । आजकोतरुण साप्ताहिकले समाचार छापेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger