Widgets

Home » » इन्दिरा र सुगमले तताए फेयर

इन्दिरा र सुगमले तताए फेयर

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Indira

काठमाडौं, श्रावण १३ - स्तरीय कलेज खोजी गर्न शनिबार बिहानैदेखि भृकुटीमण्डपस्थित हलमा विद्यार्थीहरूको भीड थियो । अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीलाई भिसा प्रक्रियाबारे जानकारी दिने भएपछि स्टलका सञ्चालक नआउँदै विद्यार्थीको चहलपहल देखिन्थ्यो । अमेरिकी दूतावासका भिसा सेन्टरका अधिकारीले अमेरिकी शिक्षा व्यवस्था, जानुअघि भिसा प्रक्रिया र पुगेपछि के गर्ने भन्ने जानकारी दिएका थिए । भिसाको पखाईमा रहेका विद्यार्थीले खुलेरै आफ्नो समस्याका बारेमा उनीहरूसँग छलफल गरे । फेयरको सभा हलमा भएको यो छलफलमा अध्ययनमा विदेश जान चाहनेले अधिकांश जानकारी पाए । दूतावासका अधिकारीसँग प्रत्यक्ष कुराकानीको अवसरबाट फुरुंग भएका फेयरका सहभागीलाई गायिका इन्दिरा जोशी र गायक सुगम पोखरेलका गीतले थप ततायो । 'चौबन्दी चोली...' गाएर सुरु गरेकी इन्दिराले फेयरका सहभागीलाई नचाइन् । सहभागीलाई आकषिर्त गर्न उनी कहिले नाच्थिन् भने कुनै बेला हात हल्लाउँथिन् । गाउँदै कम्मर मर्काएर स्टेजमै नाच्न थालेपछि सहभागी पनि उनलाई साथ दिइरहेका थिए । 'चौबन्दी चोली...' सक्नेबित्तिकै वान्स मोर भन्दै दर्शक चिच्याउन थाले । अनि इन्दिरालाई चर्चामा ल्याउने 'उध्रेको चोली....' सुरु गरिन् । यस गीतको ट्रयाक बज्न नपाउँदै दर्शकहरूको हुटिङले भृकटीमण्डप थर्कियो । इन्दिराको ड्रेसअपले पनि युवाहरू आकर्षित भए । उनी कालो चस्मा र मिनिस्कटमा सजिएकी थिइन् । कार्यक्रम सञ्चालक सुरज गिरीले केही दर्शकलाई मञ्चमै लगेर उनीसँग फोटोसमेत खिचाए । यसले पनि फेयरमा आउने दर्शकलाई थप आकर्षण दिएको थियो । दर्शकको भीडभाड बढेपछि इन्दिराले भनिन्, 'तपाईंहरूको मायाले बिरामी भएको समेत महसुस भएन ।' आयोजकले शनिबार पप गायक सुगम पोखरेलाई पनि कन्सर्टमा ल्याएका थिए । 'मेरो एउटा साथी छ...' बाट सुरु गरेका उनले ३ भन्दा बढी गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे । 'जाँदै छु टाढा...' बोलको गीत गाउँदा केही युवा आफूले लगाएको सर्ट, टिसर्ट खोलेर हल्लाउँदै मनोरञ्जन लिइरहेका थिए । दर्शकको भीडभाड स्टेजसम्म आउन नदिन फलामे बार लगाइएको थियो । सुगमको गीतमा उफ्रिएका युवा बार नाघौंलाझैं गरी उफ्रिरहेका थिए । 'इन्दिरा र सुगमको गीतले गर्मी भएको पनि थाहा भएन,' पसिनाले निथ्रुक्क भिजेका सन्दिप राईले भने, 'जिन्दगीमा आनन्द लिइयो ।' सहभागीले वान्स मोर भन्दै एकपछि अर्को गीत गाउन आग्रह गरेपछि सुगम पनि पसिनाले भिजेका थिए । फेयरमा स्तरीय कलेज पनि छनोट गर्न पाइने र चर्चित कलाकारका साथ मनोरञ्जन पनि गर्न पाएपछि युवा रमाएका थिए । प्रदर्शनी मार्ग हुँदै हिँडेका सर्वसाधारण पनि कन्सर्ट देखेपछि मोडिएका थिए । कन्र्सट र फेयर हेर्न ३ लाइनसमेत बसेर टिकट लिइरहेका थिए । आयोजकले टिकटको मूल्य २० रुपैयाँ राखे पनि सित्तैंमा एउटा रियल जुस दिने गरेको थियो । प्रवेशका लागि दिएको टिकटको बुधबार साँझ कल कान्तिपुरबाट लक्की ड्र गरिने भएको छ । विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । चर्को गर्मीमा जुस पिउँदै सहभागीहरूले राम्रा कलेज छनोटका साथै मनोरञ्जन लिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger