Widgets

Home » » नेपाल प्रभावशाली जितसँगै फाइनलमा बंगलादेश ५-१ ले पराजित

नेपाल प्रभावशाली जितसँगै फाइनलमा बंगलादेश ५-१ ले पराजित

Written By sangalo on Sunday, July 28, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


काठमाडौं, श्रावण १३ - नेपालले सुरुआती २२ मिनेटभित्र आक्रामक खेल पस्कँदै तीन गोल गरेपछि बंगलादेशविरुद्ध सहज जित हात पार्दै शनिबार दोस्रो साफ यू-१६ च्याम्पियनसिपको फाइनल यात्रा तय गरेको छ । नेपालले परम्परागत दक्षिण एसियाली प्रतिद्वन्द्वीलाई समग्रमा ५-१ ले पन्छायो । प्रतियोगितामा वर्षातले प्रभावित नभएको खेलमा नेपालको पहिलो जित हो ।
उपाधिको दाबेदार नेपालले चार खेलयताकै उत्कृष्ट लय बंगलादेशविरुद्ध समात्यो । निरन्तर एकपछि अर्को आक्रमण गर्‍यो । नेपाली खेलाडीले ७ मिनेटभित्रै गरेको तीन 'फ्रि-हेडर'मा बलले गोलपोस्टको दिशा लिएन । त्यसपछि भने दनादन गोल गर्‍यो । सुजन लिम्बू इङनामले आठौं मिनेटमा गोलको खाता खोले ।
पाहुना टोलीका गोलकिपर पप्पु होसेन अगाडि बढेको स्थितमा विमल घर्तीमगरले 'चिप' गरेको बल क्रसबारमा लागेर फर्केको थियो । त्यही रिबाउन्ड बललाई सुजनले गोलमा परिणत गर्दै नेपाललाई अगाडि बढाए । विमलले अमित तामाङको क्रस उपयोग गर्दै २० औं मिनेटमा गोल गरेपछि नेपालले २-० को अग्रता लियो । उनको 'डाइभिङ हेडर'मा  निस्किएको त्यो गोल लोभलाग्दो थियो । भुटानविरुद्ध ७-० को जितमा ह्याटि्रक गरेका उनी ६ गोलसहित प्रतियोगिताको गोलकर्ताको सूचीमा पहिलो
स्थानमा छन् ।
तेस्रो गोल अञ्जन विष्टको नाममा रह्यो । कप्तान हेमन्त थापामगरको कर्नरमा बनेको मुभमा उनले बललाई २२ औं मिनेटमा गोल लाइन पार गराएका थिए । दशरथ रंगशालामा नेपाली किशोर खेलाडी सुरुका ३० मिनेट उत्कृष्ट देखिए । त्यसपछि बंगलादेश विस्तारै अगाडि बढ्यो । तर, गोल फर्काउन सकेन । यस्तैमा विकास थापाको क्रस क्लियर गर्ने प्रयासमा बंगलादेशी डिफेन्डर मोहम्मद एटिक्ज्जामनले ५६ औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपालको अग्रता ४-० भयो ।
खेलले ठीक एक घन्टा छुँदा सुजनले व्यक्तिगत दोस्रो गोल गरे । पेनाल्टी क्षेत्रमा गोलकिपर होसेनले फुत्काएको बल नियन्त्रण गर्दै उनले नेपालको पाँचौं गोल गरेका थिए । स्वदेशी डिफेन्सको समझदारी अभावको फाइदा लिंदै बंगलादेश फरवार्ड अल अमिन तुसारले ६५ औं मिनेटमा गोल गरे । तर, खेलमा
र्फकन बंगलादेशलाई निकै ढिला भइसकेको थियो । विमलको हेडरमा बंगलादेशका डिफेन्डर मोहम्मद एस होसेनले गोल लाइनबाट ७७ औं मिनेटमा बल क्लियर गरे । आकाश थापाको पि|mकिकमा अनन्त तामाङले ८२ औं मिनेटमा गरेको हेडर पोलमा लागेर फर्कियो । नेपालले थप ३ गोलका अवसर उपयोग गर्न सकेन । दुर्लभै गोलका अवसर सिर्जना गरेको बंगलादेश ६९ औं मिनेटमा सहज अवसर उपयोग गर्न चुक्यो ।
कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा नेपाल १४ वर्षपछि फाइनल पुगेको हो । सन् १९९९ को आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले दशरथ रंगशालामै बंगलादेशविरुद्ध फाइनल खेलेको थियो । त्यसमा नेपाल रजतपदकमै समेटियो ।
नेपालले साफ यू-१६ मा पहिलोपल्ट फाइनलमा स्थान बनाएको हो । दुई वर्षअघि दशरथ रंगशालामै भएको पहिलो संस्करणमा नेपाल २-१ ले बंगलादेशलाई हराएर तेस्रो भएको थियो । त्यसबेला समूह चरणमा नेपाल र बंगलादेशले गोलरहित नतिजा निकालेका थिए । त्यसैले बंगलादेशविरुद्ध साफ यू-१६ का ३ खेलमा नेपाल अगाडि छ ।
प्रशिक्षक आत्मविश्वासी बन्दै 'फाइनल पुग्न र उपाधि जित्न सक्षम छौं भन्ने देखायौं,' नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने, 'आक्रामक रूपमा सबैले राम्रो खेले । सबैले शतप्रतिशत शक्ति लगाए । यस्तै खेललाई फाइनलमा निरन्तरता दिने प्रयास गर्नेछौं ।' भारतविरुद्ध अफगानिस्तानको विजेतासँग नेपालले मंगलबार फाइनल खेल्नेछ । 'अब फाइनलको तयारी गर्नेछौं । ट्रफी बाहिर -विदेश) नपठाउने धोको छ,' उनले भने ।
खेलाडी स्वार्थी भएकाले दोस्रो हाफमा बल पोसेसनमा राख्न नसकेको महर्जनले बताए । मिडफिल्डमा जमेका कप्तान हेमन्तले भने, 'बंगलादेशले रफ एन्ड टफ खेल्यो । तीन गोल गरेपछि गोल हान्ने मात्र सोच आयो । त्यसैले खेल (३० मिनेटपछि) राम्रो भएन ।'
खेलको सबै पक्षमा नेपाल राम्रो भएको बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले बताए । 'शारीरिक, टेक्निकल, ट्याक्टिकल र मानसिक रूपमा नेपाल राम्रो देखियो,' उनले भने, 'अन्तर्राष्ट्रिय रंगशालामा पहिलोपल्ट हजारौं दर्शकअघि नयाँ मैदानमा हाम्रा खेलाडी नर्भस भए । त्यसैले गल्ती गरे । विशेषगरी गोलकिपरले बिर्सनलायक गल्ती
गरे ।' बढी उमेरका खेलाडी खेलाएको आशंका गर्दै उनले भने, 'नेपालको मात्र होइन, सबै देशका खेलाडी शारीरिक रूपमा निकै 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger