भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं , श्रावण १३ - नेपाल टेलिकमले इन्टरनेट सेवामा एक वर्षभित्र ५ प्रतिशत बिन्दुको विस्तार पाएको छ । कुल बजारमा नेपाल टेलिकमको डाटा सेवा प्रयोगकर्ताको संख्या ४६ प्रतिशत पुगे पनि ५१ प्रतिशत हिस्सा भने एनसेलको भागमा छ । गत जेठ महिनासम्म एक वर्षको अवधिमा नेपाल टेलिकमको डाटामा बजार हिस्सा ५ प्रतिशत बिन्दुले बढेर ४६ प्रतिशत पुगेको हो । एनसेलको बजार हिस्सा यही अवधिमा ५७ प्रतिशतबाट घटेर ५१ प्रतिशतमा आएको छ । टेलिकमको डाटा सेवामा मोबाइलबाट उपलब्ध जीपीआरएससँगै टेलिफोनको एडीएसएल र वायरलेस पनि छन् । कम्पनीले वाइम्याक्स र एडीएसएल सेवामा बढाएको ग्राहकका कारण बजार हिस्सा बढाउन मद्दत पुगेको छ । प्रतिस्पर्धी एनसेलले भने जीपीआरएस र थ्रीजी प्रविधिको इन्टरनेट मात्र छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.