Widgets

Home » » एमाले निकट डन ‘चरी’ पक्राउ

एमाले निकट डन ‘चरी’ पक्राउ

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाण्डौं । एमाले निकटका डन दिनेश अधिकारी ‘चरी’ लाई प्रहरीले पक्राउ गरेको छ । हातहतियार र सवारी अंगभंग मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनलाई शनिबार दिउँसो सामाखुसीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
chariआफैलाई आक्रमण गर्नेले दिएको जाहेरीका आधारमा चरी पक्राउ परेका हुन् । गत असार २१ गते संतुगलमा चरीमाथि गोली प्रहार गर्ने व्यक्तिले गोली हानिएको पेस्तोल चरीकै हो भन्ने बयान दिएपनि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो । पहिला चरीकै समुहमा हरेका राधे भनिने राधाकृष्ण भण्डारीले उनलाई गोली हानेका थिए ।
चरीलाई काठमाण्डौं परिसरको हिरासतमा राखिएको छ । प्रहरीले आज उनलाई हातहतियार तथा खरखजना मुद्दामा म्याद थप्ने तयारी गरेको छ भने उनका सहयोगी हरुले भने म्याद थप नगर्न दबाब दिँदै धादिङ बन्दको आह्वान गरेका छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger