Widgets

Home » » राजस्व छलेर भाग्नेलाई गोली हान्ने अधिकार

राजस्व छलेर भाग्नेलाई गोली हान्ने अधिकार

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको छ । महानिर्देशकलाई राजस्व छलीको शंकामा अनुसन्धान भइरहेको अवस्थामा शंकास्पद व्यक्ति भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे प्रहरीलाई गोली हान्ने आदेश दिने अधिकार प्रदान गरिएको हो । आर्थिक अध्यादेश २०७० ले विभागका महानिर्देशकलाई गोली समेत हान्ने आदेश दिने अधिकार दिएको हो । राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । सो ऐनको दफा ३७ पछि ३७ (क) थप गरेर यस्तो अधिकार दिइएको हो । ऐनको थप गरिएको दफामा ‘राजस्व प्रहरीको छुट्टै व्यवस्था नभएसम्मका लागि नेपाल सरकारले विभागअन्तर्गत रहने गरी आवश्यकता अनुसार सशस्त्र प्रहरी बलका अधिकृत एवं जवानलाई आवश्यक संख्यामा संलग्न गरी राजस्व प्रहरीका रूपमा काममा खटाउन सक्नेछ’, भन्ने उल्लेख गरिएको छ । यसरी खटिएको राजस्व प्रहरीले महानिर्देशकको प्रत्यक्ष मातहतमा रहेर काम गर्नुपर्ने उल्लेख गरिएको राजधानी दैनिकमा खबर छ । थप गरिएको दफाको उपदफा (६) मा राजस्व छली गरेको शंकामा अनुसन्धान गर्ने क्रममा ‘पक्राउ गर्न खोज्दा निजले जोरजुलुम गरेमा वा भाग्न उम्कन खोजेमा र तत्काल पक्राउ गर्न नसकिने अवस्था भएमा आफ्नो रक्षा र कर्तव्य पालनाका निम्ति महानिर्देशक वा सम्बन्धित अनुसन्धान अधिकृतको आदेशले घटनास्थलमा खटिएको राजस्व प्रहरीले त्यस्तो घटना रोक्न पहिले हवाई फायर गर्ने र त्यसो गर्दा पनि स्थिति नियन्त्रण नभए वा हूलहुज्जत गर्ने व्यक्तिसँग समेत हतियार भएमा कम क्षति हुनेगरी गोलीसमेत चलाउन सक्नेछ’, भन्ने उल्लेख गरिएको छ । यस्तै, राजस्व छलीको वस्तु ढुवानी गरेको शंका लागेका सवारी साधन अनुसन्धानका लागि रोक्न आदेश दिँदा नरोकी भाग्ने प्रयास गरे वा हूलहुज्जत गरे पनि राजस्व प्रहरीलाई गोली हान्ने आदेश दिन सकिने अध्यादेशमा उल्लेख गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger