भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाण्डौ । पूर्व प्रधानसेनापति रुक्माङगद कटवालले अहिले राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । ‘क्लियर कट कुरा हो, अहिले राजतन्त्र फर्किने सम्भावना छैन । तर हामीले के कुरा बुझ्नुपर्छ भने राजाका पछि लागेको मानिसहरु राष्ट्रबादी प्रजातन्त्रबादी मान्छे हुन् ।’ कटवालले कान्तिपुर दैनिकलाई अन्र्तवार्ता दिंदै भनेका छन- ‘ती अरु पार्टीबाट वाक्क, दिक्क, प्याक्क, छक्क भएर राजाको पछि लागेका हुन् । म तीनलाई राजाबादी भन्दिनँ, प्रजातन्त्रबादी हुन र तीनले बिकल्प खोजेका हुन् ।’
सक्रिय राजतन्त्रको बेलामा आफु राजाको सल्लाहकारको कोर ग्रुपमा रहेको अस्वीकार गर्दै उनले आफुलाई रत्नले हुर्काएको भन्ने कुरा पनि गलत रहेको बताए । उनले भने- नारायणहिटीमा म एक रात पनि सुतेको छैन ।’
राजसंस्था फालेकोमा आफुलाई पछुतो नलागेको तर फाल्ने बिधि र प्रकृया सही नभएको कटवालको टिप्पणी छ । नेपाली सेनालाई एउटा परिवारको सेनाको रुपमा प्रचार गरिएकाले आफु कुनै ब्यक्ति वा परिवारको नभएर सम्पूर्ण नेपालीको राष्ट्रिय सेना हो भन्ने सन्देश दिन राजासंस्था फाल्ने निर्णय मानेको कटवालले बताए ।
९५ प्रतिशत जनता राजतन्त्रबादी
कटवालले अहिले पनि नेपालमा अहिले पनि ९० देखि ९५ प्रतिशत मानिसहरु राजतन्त्रबादी रहेको दावी गरेका छन् । ‘नेपालमा अहिले पनि ९० देखि ९५ मानिसहरु राजतन्त्रबादी छन, राजाबादी चाहिं होइन नी । म पनि राजबादी हैन, राजतन्त्रबादी हो । नेपालको भौगोलिक, सांस्कृतिक र हरेक हिसावले प्रजातान्त्रिक पद्दतीभित्र बस्ने सम्पूर्ण जातजाति धर्म समुदायले मानेको एकताको प्रतिक चाहिएको छ । राजतन्त्र फाल्ने बिधि जुन अपनाइयो त्यो ठिक भएन । अहिले पूर्वराजा जहाँजहाँ जान्छन नेताहरु किन यसरी तर्सेका ? किन यस्तो बिक्षिप्त भएका ?’
संबिधानसभाले संबिधान बनाउँदैन
संबिधानसभाले संबिधान लेख्न नसक्ने ठोकुवा गर्दै कटवालले बिज्ञहरुको समूहले संबिधान बनाउनु नेपालको सन्दर्भमा सवैभन्दा उपयुक्त हुने बताए । ‘किनकी संबिधान लेख्ने त बिज्ञहरुले हो नी । साँच्चिकै संबिधान बनाउन चाहेको भए चार/पाँच जना बिशेषज्ञको समूह राखेर संबिधान बनाऔं । पहिले आधारभूत कुरा तय गरौं र त्यसरी बन्ने संबिधानलाई संसदबाट अनुमोदन गरौं ।’ संबिधानसभामा बिज्ञ नहुँदा संबिधान बन्न नसकेको भन्दै कटवालले भने-’हामीले समावेशीका नाममा हामीले घाँसीलाई ल्यायौं, भाँडा माझ्ने मान्छेलाई ल्यायौं, संबिधान लेख्ने मानिस त बिज्ञ हुनुपर्यो नी ।’
कटवालले दोस्रो जनआन्दोलनलाई ‘कथित’ जनआन्दोलनको संज्ञा दिँदै त्यसयताको आठ बर्षमा मुलुकको अबस्था झनै बिगि्रएकाले बरु पहिले नै ठिक थियो भन्ने अबस्था आएको बताए ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.