Widgets

Home » » यार्सागुम्बुबाट एकै परिवारको कमाई १७ लाख

यार्सागुम्बुबाट एकै परिवारको कमाई १७ लाख

Written By sangalo on Saturday, July 27, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१३ साउन, काठमाण्डौं । यार्चागुम्बुबाट अघिल्लो वर्ष तीन लाख रुपैयाँ आम्दानी गरेका रुकुमको हुकाम ४ का दालचन बुढाको ६ जनाको परिवारले यो बर्ष करिब डेढ महिना बुकिपाटनमै बितायो । उनीहरु जेठ २० गते बुकिपाटन पुगेका थिए । त्यहाँबाट साउन ३ गते मात्र फर्किए यस बर्ष परिवारका सबै सदस्यले टिपेको यार्चागुम्बाबाट १४ लाख रुपैयाँ कमाएको बुढाले खुसी हुँदै सुनाए । ‘यसपालि राम्र कमाइ भयो,’ उनले भने, ‘अघिल्लो वर्ष यार्चाबाटै कमाएको १० लाख रुपैयाँमा किनेको दाङको तुल्सीपुरको घडेरीमा घर बनाउने विचारमा छु ।’
yarshaउनकी ७१ बर्षकी आमादेखि १५ बर्षका छोरा विप्लवसमेत यसपालि बुकिपाटन पुगेका हुन् । यार्चा टिप्न नगए हाम्रो परिवार भोकभोकै हुन्छ ।’ उनले भने ‘गाउँमा अन्न उत्पादन नहुने भएकाले वर्षभरिको गास बासको जाहो यार्चागुम्बाबाटै हुन्छ ।’ उनले यो बहुमुल्य जडीबुटी टिपेको रकमले ५ बर्षअघि सदरमुकाममा ६ कोठे पक्की घर बनाएका छन् ।
जेठको पहिलो साता बुकिपाटन पुगेका तकसेरा ३ घुम्लिबाङका पहलबहादुर पुन, उनका तीन छोराहरु अंकित, बद्री र जितबहादुर पनि साउन ६ गतेमात्र सदरमुकाम पुगे । काठमाण्डौं बालाजुमा छोराहरुसहित रुकुम लांघाली गेस्टहाउस चलाउँदै आएका पुन सात बर्षदेखि नियमित यार्चा टिप्नकै लागि कोटस्थित बुकिपाटन पुग्ने गरेको कान्तिपुर दैनिकमा खबर छ । उनका अनुसार यसपाली यार्चाको मूल्य बढेका कारण आम्दानी पनि राम्रो भएको हो ।
यार्चागुम्बु पाइने रुकुमको मैकोटस्थित बुकिपाटनमै प्रतिकिलो २८ लाखमा बिक्री भएको छ । सिजन व्यवस्थापन समितिका अनुसार यस बर्ष राम्रो उत्पादन भएकाले बुकिपाटनमै न्यूनतम २८ लाखमा यार्चागुम्बु बिक्री भइरहेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger