भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मुम्बइ- पूनम पाण्डेले मुख्य भूमिका निर्वाह गरेको फिल्म नशा रिलिज भएको छ। पहिलो फिल्म रिलिज भएको दिन आफू पनि नशामै रहेको उनले बताएकी छिन्। फिल्ममा पूनमको आफ्नो भन्दा कम उमेरको केटासँग प्रेम सम्बन्ध देखाइएको छ। फिल्म त्यही सम्बन्धको वरिपरी घुम्छ। नशा अश्लिल नभइ बोल्ड भएको पूनम बताइन्। उनले दर्शक हलबाट फर्कदा निराश हुन नपर्ने समेत दाबी गरेकी छिन्। पूनमले सलमान खान र आफूमा समानता रहेको दाबी पूनमको छ। 'सलमान खान पनि कपडा खेलेर बडी देखाउन मन पराउँछन् म पनि कपडा खोल्न मन पराउँछु', पूनमले भनिन्- 'हामीमा समानता छ।' तर उनले सलमान खान तथा शाहरुख खान जस्ता सुपरस्टारसँग काम गर्न नचाहेको बताइन्। 'म दुवै कलाकारको प्रशंसक हुँ तर उनीहरु सँग काम गर्न चाहन्न', उनले भनिन्।
लगातार बोल्ड फोटो सुट गर्ने तथा ट्वीटरमा उत्तेजक फोटो पोष्ट गर्ने गर्दा पहिला पहिला परिवारको तर्फबाट निकै गाली खानु परेको पूनमले उल्लेख गरिन्। 'पहिले पहिले खुव गाली खाइयो तर अब उनीहरुले बुझेका छन् यो सुध्रने छैन। म निकै बेसरम छु त्यसैले परिवारले यसबारे बोल्न छोडे।'
विवादित भारतीय मोडल पाण्डे विश्वकप क्रिकेटमा भारत बिजयी भएमा नाङ्गो फोटो सुट गर्ने अभिव्यक्ति दिएर चर्चामा आएकी थिइन्। भारतले विश्वकप क्रिकेट जिते पनि उनले फोटोसुट भने गराइनन्।
नशाको ट्रेलर (भिडियो)
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.