Widgets

Home » , » नेपालका माओवादीको गोर्खाल्याण्डसँग साँठगाँठ रहेको भारतीय गुप्तचर रिपोर्ट कालेबुङका कम्युनिष्ट पनि सडकमा ओर्लिए

नेपालका माओवादीको गोर्खाल्याण्डसँग साँठगाँठ रहेको भारतीय गुप्तचर रिपोर्ट कालेबुङका कम्युनिष्ट पनि सडकमा ओर्लिए

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२८ साउन, काठमाडौं । भारतको दार्जीलिङमा चलिरहेको अलग गोर्खाल्याण्ड आन्दोलनमा नेपालका माओवादीले सघाइरहेको र नेपालबाट दार्जीलिङमा अस्त्र एवं पैसासमेत गइरहेको भारतीय गुप्तचरको दाबी छ । नेपाली भाषाको भारतीय पत्रिका हिमालयन दर्पणमा सोमबार प्रकाशित ‘नेपालका माओवादीहरुको मोर्चासँग सम्पर्क रहेको गुप्तचर रिपोर्ट’ शीर्षकको समाचारमा यस्तो दाबी गरिएको छ ।2
तर, नेपालमा दुईवटा माओवादी पार्टी रहेकोमा कुन माओवादीसँग गोर्खाल्याण्डको सम्बन्ध छ भन्ने रिपोर्टमा खुलाइएको छैन । हिमालयन दर्पणको समाचारमा भनिएको छ- ‘मुख्यमन्त्री ममता ब्यानर्जीले बन्द खोलाउन ७२ घण्टाको समयसीमा दिएपछि गुप्तचर रिपोर्टको कुरा सार्वजनिक गरेर राज्य सरकारले मोर्चामाथि बदाब बढाउने रणनीति बनाएको हो । स्मरण रहोस् राज्य गुप्तचर पुलिसका अतिरिक्त डिजी जिएम प्रभु राजशेखर रेड्डी पहाडको वर्तमान स्थितिको स्थलगत निरीक्षण गर्न दार्जीलिङ गएका थिए । केही दिन पहाड बसेर महानगर फर्केका रेड्डीले राज्य सचिवालयमा जुन रिपोर्ट सुम्पे, त्यसमा मोर्चा नेताहरुको नेपालका माओवादीहरुसँग सम्पर्क रहेको दाबी गरिएको छ ।’
हिमालयन दर्पणका अनुसार गोर्खा मुक्ति मोर्चाका नेता विमल गुरुङलाई आवश्यक परे नेपालमा शरण दिन माओवादीहरुले आश्वासन दिएको समेत भारतीय गुप्तचरको दाबी छ । यसबारे दर्पणमा लेखिएको छ- ‘राज्य सचिवालय सूत्रले बताएअनुसार स्थिति आए विमल गुरुङलाई नेपालमा आश्रय दिने आश्वासन पनि माओवादीहरुले दिएको दाबी रिपोर्टमा गरिएको छ । रिपोर्टमा दाबी गरिए अनसार नेपालका माओवादीहरुसँग मोर्चा नेताहरुको सेतुको कार्य सिक्किमको एउटा गुम्बाले गरिरहेको छ । तिनीहरुले पनि मोर्चा नेताहरुलाई कोष पठाइरहेको दाबी गरिएको छ ।’
भारतीय गुप्तचरको रिपोर्टमा पहाडको आन्दोलनलाई समतलसँग मिलाउने प्रयास भइरहेको पनि उल्लेख भएको समाचारमा उल्लेख छ । गोर्खाल्याण्ड आन्दोलनलाई ‘अर्को एउटा छिमेकी’ले पनि सघाइरहेको गुप्तचरको रिपोर्टमा उल्लेख छ ।
भारतीय कम्युनिष्टसमेत गोर्खाल्याण्डको पक्षमा
यसैवीच कालेबुङका कम्युनिष्टहरु पनि गोर्खाल्याण्डको समर्थनमा आन्दोलनमा उत्रिएका छन् । आइतबार कालेबुङमा क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टीले अलग गोर्खाल्याण्ड बनाइनुपर्ने माग गर्दै पहिलोपटक जुलुस निकालेको हो ।1
तस्वीर : सौजन्य हिमालयन दर्पण

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger