Widgets

Home » , » मलिक आमिर, जसले जुँगाका लागि ज्यान जोखिममा राखे

मलिक आमिर, जसले जुँगाका लागि ज्यान जोखिममा राखे

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
पाकिस्तानको पेशावर शहरमा बस्ने मलिक आमिर मोहम्मदको पहिचान उनको जुँगा हो । तर, यसका कारण उनले चर्चामात्र पाएका छैनन्, हत्याको धम्की पनि सहनु परेको छ । तर पनि उनी आफ्नो जुँगालाई सिङ झै बनाएर हिड्छन् ।
Malik-amir-1
जसका लागि उनी दैनिक आधा घण्टा समय छुट्याउँछन् । उनी जुँगामा तेल मात्र लगाउँदैनन्, चिटिक्क पार्न गर्नु पर्ने केही बाँकी राख्दैनन् । पाकिस्तानमा चमपन्थी गुटलाई भने उनको जुँगा स्वीकार छैन । २००९ मा लश्कर-ए-इस्लाम नामको संगठनले उनलाई अपहरण नै गरेको थियो । जुँगा काट्न सहमत भएपछि मात्र उनलाई छाडिएको थियो । उनी भन्छन्-’मलाई मार्छन कि भन्ने डर लागेको थियो ।’
अपहरण मुक्त भएपछि उनी अन्तै बस्न थाले तरपनि धम्मकी आउने क्रम रोकिएन । जसका कारण उनले पेशावर छाडे र पन्जाब प्रान्तको फैसलाबादमा आएर बस्न थाले तर, जुँगा पाल्न छाडेनन् ।
Malik-amir-3
अहिले उनी अब महिनामा एक दुई पटक परिवारलाई भेटन् पेशावर जान्छन् । जुँगाकै लागी किन आफ्नो जीवनलाई जोखिममा राखेको भन्ने प्रश्नमा उनले भने-’मानिसहरु मलाई ठूलो सम्मान दिन्छन् । यही मेरो पहिचान हो ।’
Malik-amir
Malik-amir-2
Malik-amir-4बीबीसीको सहयोगमा 

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger