Widgets

Home » » पत्नीसँगको विवादमा अधिवक्ताद्वारा विष सेवन गरी आत्महत्या

पत्नीसँगको विवादमा अधिवक्ताद्वारा विष सेवन गरी आत्महत्या

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
गौशाला— किट नासक विषादी सेवन गरी महोत्तरीमा एक जना अधिवक्ताले आत्महत्या गरेका छन्। डाम्ही मडै गाविस–५ बस्ने ३५ वर्षीय वीरेन्द्र झाको विष सेवनबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अधिवक्ता मृतक झा जिल्ला अदालत महोत्तरीमा सरकारद्वारा व्यवस्था गरिएको कानुनी सहायता समितिको नायब सुब्बा र नेपाल बार एसोसिएसन महोत्तरीको सदस्य समेत थिए। पत्नीसँग घरायसी विवादका कारण तनाबमा रहनुभएका अधिवक्ता झा मङ्गलबार साँझ झुण्डिएर आत्महत्या गर्ने प्रयास गर्दा परिवारले थाहा पाएर उनलाई बचाउन सफल भएका थिए। तर उनी बुधबार बिहान खेतबारीमा छर्ने रोगन नामक कीटनाशक विषादी सेवन गरी घरमै बेहोस भएका थिए। विषादी सेवनबाट बेहोस भएका अधिवक्ता झालाई परिवारले बिहानै उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि अञ्चल अस्पतालमा सिफारिस गरिएको थियो। अञ्चल अस्पतालमा झाको आज बिहान ३ बजे उपचारकै क्रममा मृत्यु भएको परिवारजनले जनाएका छन्

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger