Widgets

Home » » बेशरममा रणवीर

बेशरममा रणवीर

Written By sangalo on Thursday, August 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

बेशरममा रणवीर

'ए जवानी है दिवानी'को सफलतापछि रणवीर कपुरको नयाँ फिल्म 'बेशरम'को पोस्टर सार्वजनिक गरिएको छ। अक्टुबर २ मा रिलिज हुने फिल्मको दुई वटा पोस्टर सार्वजनिक गरिएको छ। अभिनव काश्य पद्वारा निर्देशित फिल्ममा रणवीरका अलवा उनका बाबु ऋषि कपुर र नितु सिंहको पनि अभिनय रहेको छ। सार्वजनिक गरिएका दुई पोस्टरमध्ये एकमा रणवीरले पत्रिका चपाएको देखाइएको छ भने अर्कोमा डान्सरको पहिरणमा सजिएका छन्। यसअघि सार्वजनिक गरिएको पोस्टरमा उनलाई कारमा बसिरहेको देखाइएको थियो। जुन गाडीको प्लेटमा नम्बर नभइ बेशरम लेखिएको थियो। सार्वजनिक गरिएको तस्बिरबाट के अनुमान लगाउन सकिन्छ भने उनी एक चोरको भूमिकामा देखिँदैछन्। ऋषि कपुर भने इन्स्पेक्टरको भूमिकामा देखिँदैछन् भने नितु सिंह प्रहरी हवल्दारको भूमिकामा देखिँदैछन्। अभिनव काश्यछपले यसअघि दबंगजस्ता सुपरहिट फिल्म बनाइसकेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger