भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका रेखा थापा र उनको श्रीमान छवि ओझाबीचको खटपट सकिएको छ । रेखा थापाले निर्माण गरेको चलचित्र 'काली' र उनका श्रीमान छवि ओझाले निर्माण गरेको चलचित्र 'लोफर' दुवै एकैदिन रिलिज हुने बजार हल्ला गरिएको थियो । असोज २५ गते 'फुलपाति' को दिन रेखा थापाको 'काली' र उनका श्रीमान ओझाले निर्माण गरेको 'लोफर' दुवै फिल्म एकै दिन रिलिज नहुने भएपछि यि दुई जोडिबीचको खटपट समाप्त भएको अनुमान गरिएको हो । रेखा थापाले लगानी गरेको चलचित्र 'काली' निर्माण गर्दा करिब ६० लाख रकम खर्च भएको रेखा थापाले बताएकी छन् । रेखा थापाले फिल्म निर्माण गर्नु आफ्नो लागि 'अग्नि परीक्षा' भएको र उक्त परीक्षामा आफु पास भएको टिप्पणी गरेकी छन् । रेखा थापाको लगानीमा तयार हुन लागेको फिल्म कालीको प्रदर्शन अधिकार उनका श्रीमान छवि ओझाले लिएका छन् । प्रदर्शन अधिकार पाएसँगै फिल्म कालीको कार्यकारी निर्माताको नाममा छवि ओझा लेखिएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.