भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
निर्देशक गोपालचन्द्र लामिछानेले अन्तत आफ्नो नयाँ चलचित्र ‘लम्फू’का लागि मुख्य हिरो फाइनल गरेका छन् । उनले सिनेमाको मुख्य भूमिकामा लागि लिएका नायकको नामले सिने नगरीमा चर्चा पाएको छ ।
आर्यन सिग्देललाई लिएर ‘मेरो एउटा साथी छ’ बनाएका निर्देशक सुदर्शन थापा अब ‘लम्फू’को मुख्य हिरो बनेका छन् । उनलाई निर्माणपक्षले आइतबार संझौता गरेको हो । निर्देशक गोपालचन्द्र लामिछानेले सुदर्शनलाई सिनेमाका लागि मुख्य हिरो छानेका हुन् । सिने नगरीमा अन्य हिरोलाई छोडेर निर्देशकलाई किन हेर्नु भयो त भन्ने अनलाइनखबरको प्रश्नमा यसका निर्माता शक्ती बल्लभले भने, ‘सुर्दशन जी अभिनयको अध्ययन पनि गरेर आउनु भएकोे र हाम्रो पात्रमा उहाँ नै सुहाउने देखेर लिएका हौ ।’
चलचित्रको छायांकन रक्षाबन्धनको दिनदेखि नै सुरु गरिने छ । निर्माता बल्लभले नेपालका चर्चित चाडहरुलाई चलचित्रमा समावेश गर्ने तयारी गरिएको जानकारी दिए । चलचित्रको लागि नायिका पक्का भैसकेकी छैनन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.