Widgets

Home » , » ‘धुम ३’ : पोष्टर चोरी, टेलिभिजनबाट ७५ करोडको अफर

‘धुम ३’ : पोष्टर चोरी, टेलिभिजनबाट ७५ करोडको अफर

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बलिउड नायक आमिर खानले खलनायकको भूमिकामा अभिनय गरेको चलचित्र ‘धुम ३’ को चर्चा अहिले चुलिएको छ । चलचित्रको फष्ट लुक सार्वजनिक भएसँगै यसको चर्चा निक्कै चुलिएको हो ।हालै मात्र चलचित्रको सेटलाइट्स राइटका लागि एक टेलिभिजन कम्पनीले ७५ करोडको अफर गरेको छ । यशराज व्यानरको निर्माणमा बनेका सबैजसो चलचित्र सोनी टेलिभिजनबाट प्रशारण हँुदै आएको छ । तर ‘धुम ३’ का लागि भने सोनीको दुश्मन मानिएको अर्को एक टेलिभिजनले ७५ करोडमा सेटलाइट राइट्स खरिद गर्ने प्रस्ताव गरेको छ । तर यस बिषयमा यसका निर्माता आदित्य चोपडाले केही पनि बोलेका छैनन् ।
यसैबिच आमिर खान अभिनित यो चलचित्रको हालै मात्र सार्वजनिक गरिएको पोष्टर चोरिएको आरोप भारतिय संचारमाध्यमहरुले जनाएका छन् । चलचित्रको पोष्टर एक हलिउड सिनेमाबाट नक्कल गरिएको आरोप लगाइएको छ । ‘द डार्क नाइट’ नामक सिनेमाको पोष्टरबाट ‘धुम ३’ को पोष्टर चोरिएको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger