Widgets

Home » , » यति एयरले पुरा गरिदियो १०६ वर्षीय राईको धोको

यति एयरले पुरा गरिदियो १०६ वर्षीय राईको धोको

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
४ भदौ, काठमाडौं । निजी क्षेत्रको वायुसेवा यति एयरलाइन्सले धनकुटाका १०६ वर्षीय बोटे राईको जहाज चढ्ने धोको पुरा गरिदिएको छ । धनकुटाका स्थायी बासिन्दा राईले आइतबार मर्नुभन्दा अगाडी चरा झैं आकाशमा उड्ने रहर भएको बताउनुभएको थियो ।
उहाँलाई भेट्न गएका सामाजिक संस्थाका प्रतिनिधीहरुलाई आफ्नो स्वास्थ्य जाँचभन्दा जहाज चढ्ने धोको पुरा गरिदिन आग्रह गर्नुभएको थियो । उहाँ अहिले रुघाखोकी र ज्वरोको विरामी हुनुहन्छ ।
Yeti-and-Rai
वृद्ध राईको मर्नु अगाडी चरो जस्तै जहाजमा उढ्ने रहर भएको कुरा संचारमाध्यमबाट थाहा पाएपछि यति एयरलाइन्सले उहाँको चाहाना पुरा गरिदिएको हो । उहाँ विराटनगरबाट यति एयरमा चढेर आज दिउँसो ४ बजे राजधानी उत्रिनुभएको छ । विरामी भएका कारण उहाँको साथमा भतीज मान बहादुर राई पनि आउनुभएको छ ।
उहाँ आज गौशालामा रहेको इन्द्रेनी होटलमा बास बस्ने यति एयरलाइन्सले जानकारी दिएको छ । उहाँलाई यति एयरलाइन्सका प्रतिनिधिहरुले पशुपतीनाथको समेत दर्शन गराउने बताइएको छ । राई भोली यति एयरबाटै विराटनगर फर्किनु हुनेछ ।
गरिबीले चाहेर पनि जहाज चढ्न नपाएका उनले जहाज चढेर राजधानी भित्रँदा मनमा सन्तोष र खुशी लागेको बताउनुभयो । उहाँले आफ्नो चाहाना पुरा गरिदिने यति एयरलाइन्सलाई धन्यवाद दिनुभयो । तीन पत्नीका पति राईले आकासमा उडेका जहाज देख्दा आफु पनि जहाजमा उड्न पाए हुन्थ्यो भने कल्पना गरिरहनुहुन्थ्यो । अहिले उहाँ ७५ वर्षीय भान्जा र ७४ वर्षीय भान्जीबुहारीको साहारामा हुनुहुन्छ् ।
as
Yeti-and-Rai-2

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger