Widgets

Home » , » बैंकरलाई पुलिस लाएर लखेट्ने मन्त्रीले भने - दोषी ठहरिए सजाय भोग्छु

बैंकरलाई पुलिस लाएर लखेट्ने मन्त्रीले भने - दोषी ठहरिए सजाय भोग्छु

Written By sangalo on Friday, August 9, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं— पद, सत्ता र शक्तिको दुरुपयोग गर्दै ऋण लिँदा राखेको धितो लिलामी रोक्न प्रहरी लाएर बैंक कर्मचारीलाई लेखेट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले मिडियाले आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। शुक्रबार रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उनले मनकामना क्रसर उद्योगमा श्रीमतीको नाममा रहेको १० प्रतिशत सेयर आफूले पहिलै बेचिसकेको दाबी गरे। 'निराधार आरोपको मलाई मतलब छैन', मन्त्री श्रेष्ठले भने- 'हामीले यस विषयमा पुनरावेदन गरेका छौ । दोषी ठहरिए सजाय भोग्न तयार छु।' मन्त्री श्रेष्ठले नियतवश ऋण नतिरेर सनराइज बैंकको कालोसूचीमा परेको आफ्नो लगानीको मनकामना क्रसर उद्योगका धितो सम्पत्ति जोगाउन लिलामी प्रक्रिया रोक्न चलखेल गरेको समाचार बिहीबार नागरिक दैनिक र नागरिकन्युजमा प्रकाशित भएको थियो। मन्त्रीपत्नी सरस्वती श्रेष्ठ र सालो शंकरमान श्रेष्ठ उद्योगका सञ्चालक रहेको उद्योले डेढ वर्षदेखि सावाँ र व्याज नतिरेपछि बैंकले उद्योगलाई कालोसूचीमा राखेको छ। मकवानपुरको मनहरामा रहेको धितो सम्पत्ति तथा जायजेथा सकार्न गएका बैंक कर्मचारीलाई मन्त्री श्रेष्ठले प्रहरी परिचालन गरी लखेटेका थिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger