Widgets

Home » , » नेपाल भित्रिँदै विश्वपकप ट्रफी

नेपाल भित्रिँदै विश्वपकप ट्रफी

Written By sangalo on Tuesday, August 13, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल भित्रिँदै विश्वपकप ट्रफी
काठमाडौं - विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको ट्रफी पहिलोपल्ट नेपाल भित्रिने भएको छ। उक्त ट्रफी पुस ६ गते नेपाल आइपुग्दैछ। विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा पहिलोपल्ट नेपाली फुटबल समर्थकले घरेलु भूमिमै त्यसको 'दुर्लभ दर्शन' पाउने अवसर जुरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रायोजक कोकाकोलाले ट्रफी नेपाल ल्याउने चाँजो मिलाएको हो। विश्वकप विजेता कप्तानमध्ये एकले फिफाकै जेटमा ट्रफी ल्याउनेछन्। फुटबलका महान हस्ती ब्राजिली नागरिक पेले वा जर्मनीका पूर्वविश्वकप विजेता कप्तान लोथर म्याथ्युजले ट्रफी बोकेर आउनसक्ने स्रोतले जानकारी दियो। ट्रफी बंगलादेश हुँदै भुटानबाट नेपाल आउने बंगलादेशी न्युज पोर्टल 'द डेली स्टार डटनेट'ले जनाएको छ। ट्रफी एक दिन नेपाली भूमिमै राखेर थाइल्यान्ड लगिनेछ। यो यात्रा विश्वकप २०१४ को आयोजक राष्ट्र ब्राजिल पुगेर टुंगिन्छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी इन्द्रमान तुलाधरले विश्वकप ट्रफी नेपाल ल्याउन लागेको पुष्टि गरेका छन्। 'यसको निम्ति एन्फासँग सहकार्य भइरहेको छ,' उनले नागरिकसँग भने, 'ट्रफीसँगै को–को भिआइपी आउँछन् पक्का नभएकाले कार्यक्रम तालिकालाई अन्तिम रूप दिन बाँकी छ।' पहिलोपल्ट विश्वकप ट्रफी नेपाल भित्रिन लागेकाले आमदर्शकलाई हेर्ने सुविधा दिनेबारे छलफल भइरहेको उनले जानकारी दिए। 'नेपालमा फुटबल अत्यन्तै लोकप्रिय खेल हो, आमदर्शकलाई हामीले विश्वकप ट्रफी देखाउन सक्यौं भने नेपाली फुटबल प्रवर्द्धनमा ठूलो सहयोग पुग्नेछ,' उनले भने। विश्वकपको उपाधि विजेता कप्तानले मात्र ट्रफी बोक्न वा छुन पाउने फिफाको नियम छ। यात्रा क्रममा विजेता कप्तानबाहेक सम्बन्धित देशका राष्ट्र प्रमुखले ट्रफी बोक्न पाउने छन्। यसअनुसार राष्ट्रपति रामवरण यादवलाई सहभागी गराउने प्रयास भइरहेको स्रोतले जानकारी दियो। फिफाको अर्को नियमअनुसार ट्रफीलाई 'भिभिआइपी' दर्जा दिएर आतिथ्य प्रदान गर्नुपर्छ। भुटानबाट फिफाको जेटमा काठमाडौं ओरालोपछि विमानस्थलबाट सोझै सोल्टी होटल पुर्‍याइने छ। त्यसपछि वसन्तपुर लगेर राष्ट्रपतिको हातबाट सार्वजनिक गरिनेछ। त्यहाँबाट ट्रफीलाई बग्गीमा राखेर दशरथ रंगशाला पुर्‍याइनेछ। त्यहाँ उक्त ट्रफीलाई एथलेटिक्स ट्र्याकमा घुमाएर उपस्थित दर्शकमाझ प्रदर्शन गरिनेछ। यात्रामा आएका विश्वकप विजेता कप्तानले नेपालको राष्ट्रिय टोली, यु–१९ र यु–१६ राष्ट्रिय फुटबल टोलीसँग करिब एक घन्टाभन्दा बढी समय छुट्टै बिताउने कार्यक्रम पनि मिलाइएको छ। यी कार्यक्रम तालिकालाई अन्तिम रूप दिन भने बाँकी छ। प्रत्येक चार वर्षमा हुने विश्वकपको हरेक संस्करणको एक वर्षअघि फिफाको मार्केटिङ नीतिअनुसार ट्रफीलाई विश्व भ्रमण गराइन्छ। अर्को वर्ष ब्राजिलमा हुने विश्वकपअघि ट्रफीले ९५ देशको भ्रमण गर्ने कोकाकोलाको वेबसाइटमा छ। विगतको भ्रमणमा ट्रफीको प्रतिरुपलाई विश्व घुमाइए पनि यसपालि सक्कली नै घुमाउन लागेको डेली स्टारले जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger