Widgets

Home » , » अझै खुलेन दार्चुला सडक दैनिक उपभोग्य वस्तुको संकट

अझै खुलेन दार्चुला सडक दैनिक उपभोग्य वस्तुको संकट

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

darchula

दार्चुला, श्रावण २७ - बाढीपहिरोले असार पहिलो साता क्षतिग्रस्त हुन पुगेको सदरमुकाम-खलंगा जोड्ने सडक दुई महिनासम्म पनि खुल्न नसक्दा दार्चुलामा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको संकट सुरु भएको छ । सदरमुकाम खलंगा र ग्रामीण भेगमा खाद्यान्न आपूर्ति ठप्प हुन पुगेको छ । कतिपय क्षेत्रमा पर्खाल भत्कने र पहिरो जाने क्रम जारी रहेकाले समस्या झनै बढ्दै गएको छ । बाढीले बैतडी-दार्चुला सडकखण्ड धेरै ठाउँमा भत्किएको छ । सतबाजदेखि एक सय २६ किलोमिटरको दूरीमा ९ ठाउँमा सडक बगेको डिभिजन सडक कार्यालय पाटन बैतडीले जनाएको छ । '५ किलोमिटर सडक मर्मत र पुनर्निर्माण गर्नुपर्ने स्थिति छ,' डिभिजन प्रमुख सञ्जय श्रेष्ठले भने । डेढ महिनाअघि सडक विभागका महानिर्देशक दिनकर शर्मा र बैतडी डिभिजन कार्यालय प्रमुख सञ्जयकुमार श्रेष्ठसहितको टोलीले स्थलगत अनुगमनपछि १५ दिनमा यातायात सञ्चालन गरिने बताएका थिए । तर सडक डिभिजन कार्यालयले पुनर्निर्माण र मर्मतमा ढिलाइ गरेको स्थानीयको आरोप छ । ऐरिछिना र मेल्खेत नजिकको धामीगडामा खुल्ने र पानी पर्नासाथ अवरुद्ध हुने गरेको छ । ती क्षेत्रमा पर्खाल भत्कने र पहिरो खस्ने समस्या कायमै छ । दत्तुको सकारमा ट्रयाक खोलिए पनि दलदले माटोका कारण यातायात चल्न सकेको छैन । धापको मसिनबालुवा भन्ने ठाउँमा मेसिन बिगि्रएकाले १५ दिन काम अवरुद्ध भएको थियो । खेट्टेबगर अगाडि ठूलो चट्टान फोड्न विस्फोट पदार्थ र कम्प्रेसर मेसिन ल्याइए पनि काम सुरु गरिएको छैन । केही विस्थापित परिवारले पुनर्निर्माण गर्न खोजे पनि सडक नखुल्दा काम सुरु हुन नसकेको स्थानीय पुष्करराज बडुले बताए । 'यातायात सुविधा छैन, निर्माण सामग्री ल्याउन सकेका छैनौं,' उनले भने । ठाउँ-ठाउँमा भत्केको र दिनहुँको वषर्ाका कारण निर्माणमा ढिलाइ भएको डिभिजन प्रमुख श्रेष्ठले बताए । उनी तीन सातादेखि काठमाडौंमै छन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger