Widgets

Home » , » रुपैयाँ थप कमजोर हुन नदिन हस्तक्षेपको तयारी

रुपैयाँ थप कमजोर हुन नदिन हस्तक्षेपको तयारी

Written By sangalo on Sunday, August 11, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

Doller

नयाँ दिल्ली (एजेन्सी), श्रावण २७ - भारतीय रुपैयाँ -भारु) निरन्तर कमजोर हुँदै गएपछि बजारमा हस्तक्षेप गर्ने तयारी सरकारले थालेको छ । भारतीय अर्थ मन्त्रालयका केही उच्च अधिकारीले रुपैयाँलाई थप ओरालो लाग्न नदिन गृहकार्य थालेका हुन् । बढ्दो अमेरिकी डलरको मूल्यलाई कम गर्न र चालू खाता घाटा कम गर्न मन्त्रालयका केही उच्च अधिकारीले योजना बनाएको मन्त्रालय स्रोतले वतायो । अर्थमन्त्री पी चिदम्बरमको छलफलबाट सुरु भएको योजनामा आर्थिक मामिला सचिव अरविन्द मयरामसहित सेयर बजार र अन्य क्षेत्रका व्यक्ति सहभागी भएका थिए । यसरी तयार भएको योजना मन्त्रालयले सोमबार सार्वजनिक गर्न सक्ने सम्भावना छ । स्रोतका अनुसार आन्तरिक व्यावसायिक लगानी बढाउने, अनावश्यक आयात हुने वस्तुमा कडाइ गर्ने र निर्यात प्रोत्साहन गर्ने योजना सरकारले बनाएको छ । मयरामले एक साताअघि यस्तो घोषणा हुन सक्नेबारे संकेत दिएका थिए । 'एक साता पर्खनुहोस्' मुम्बईमा एक बैठकबाट बाहिरिँदा उनले भनेका थिए, 'अर्थ मन्त्रालयले यसबारे केही समयमा बोल्नेछ ।' चिदम्बरमले शुक्रबार वाणिज्य सचिव एसआर राओसँग छलफल गरेका थिए । जसमा अनावश्यक वस्तु आयातमा लगाउन सक्ने रोकबारे छलफल भएको अनुमान गरिएको छ । मन्त्रालय स्रोतका अनुसार इलेक्ट्रोनिक हार्डवेयर, कोइलालगायतका वस्तुको आयातमा केही सीमा लाग्न सक्ने बताउँदै आएको छ । भारतमा डलरको मूल्यले ६० रुपैयाँभन्दा माथि पुगेर रेकर्ड बनाइसकेको छ । जसले भारतबाट विदेशी लगानी बाहिरिने क्रमलाई पनि मद्दत पुगेको छ । अमेरिकी अर्थतन्त्रमा आएको सुधार र भारतीय बजारमा बढेको डलरको मागका कारण डलरको मूल्यले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । जसले भारतलाई आफ्नो व्यापार घाटा कम गर्न भने मद्दत पुगेको छ । भारतले सबैभन्दा बढी पेट्रोलियम पदार्थका लागि अमेरिकी डलर खर्च गर्छ । इन्धनको खपत बढ्दै जाने तर विदेशी लगानी भित्रिने क्रम घट्न थालेपछि डलरको मूल्यमा चाप परेको छ । बढेको डलरका कारण मूल्यवृद्धि चुलिने हुँदा सरकारलाई असहज पनि भएको छ । विदेशी मुद्रामा लगानी बढाउन भारतले विभिन्न क्षेत्र खुला गर्दै लगेको छ । एयरलाइन्स, दूरसञ्चारलगायतका क्षेत्रमा वैदेशिक लगानीको दायरा फराकिलो बनाइए पनि सोचेअनुरूप हुन सकेको छैन । आन्तरिक वायु सेवा कम्पनीको खस्कँदो अवस्था र दूरसञ्चार सेवामा पनि तीव्र प्रतिस्पर्धाका कारण लगानी भित्रिन नसकेको हो । सरकारले चुनावलाई लक्षित गर्दै आर्थिक वृद्धिदर बढाउने प्रयास गरिरहेको छ । भारतीय रिजर्व बैंकले चालू वर्षमा मूल्यवृद्धिलाई ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger