Widgets

Home » » चीनमा बन्द भयो याहु मेल

चीनमा बन्द भयो याहु मेल

Written By sangalo on Tuesday, August 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
downloadइन्टरनेट जायन्ट याहुले चीनमा आफ्नो इमेल सेवा बन्द गरेको छ । विश्वको सबैभन्दा ठूलो इन्टरनेट बजारको रुपमा रहेको चीनमा आफ्नो इमेल सेवा बन्द गर्ने याहुको घोषणालाई धेरैले आश्चर्यजनक रुपमा लिएका छन् । तथापि याहुले भने आफ्नो चिनिया पार्टनर तथा अनलाइन सपिङ सेवा अलिबाबालाई सहयोग गर्नका लागि याहु मेल सेवा बन्द गरिएको स्पष्टीकरण दिएको छ ।
याहुले चीनका आफ्ना प्रयोगकर्तालाई याहु मेलमा भएको आफ्नो अकाउण्ट अलिबाबाको अलिमेलमा स्थानान्तरण गर्न समेत आग्रह गरेको छ । यसरी आफ्नो अकाउण्ट स्थानान्तरण गर्न चाहनेहरुले सन् २०१४ को डिसेम्बर ३१ सम्म उनीहरुको याहुमेलमा पठाइएका इमेल प्राप्त गर्न सक्नेछन् ।
अलिबाबाले गएको सेप्टेम्बरमा ७ अर्ब ६० करोडमा याहुसँग आफ्नो १६ प्रतिशत शेयर पुनः खरीद गरेको थियो । अहिलेपनि अलिबाबामा याहुको झण्डै १४ अर्ब डलर बराबरको २४ प्रतिशत शेयर रहेको छ । सन् २००५ सम्म याहुले अलिबाबाको ४० प्रतिशत शेयर लिएको थियो । अलिबाबा आउँदो दुइ वर्ष भित्रमा शेयर बजारमा जाने योजनामा छ ।
याहुले आफ्नो चिनिया बिजनेस पार्टनरलाई सहयोग गर्नका लागि चीनमा याहुमेल सेवा बन्द गर्ने निर्णय गरेको जिकिर गरेपछि विश्लेषकहरुले भने याहुमेल सेवा प्रयोगकर्ताहरुबीच अलोकपि्रय बन्दै जानु तथा कतिपय प्रयोगकर्ताको सूचना चुहाएको विषयमा विवाद भएका कारण यस्तो निर्णय गरेको हुनसक्ने बताएका छन् । याहुलाई यसअघि चिनिया सरकारलाई प्रयोगकर्ताका सूचना उपलब्ध गराएर राजनीतिज्ञहरुलाई थुनाउन सहयोग गरेको आरोप लागेको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger