Widgets

Home » » www.worldfloat.com फेसबुक र टि्वटरलाई समेत टक्कर दिने अनुमान

www.worldfloat.com फेसबुक र टि्वटरलाई समेत टक्कर दिने अनुमान

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भारतमा निर्माण भएको सोसल नेटवर्किङ साइट वल्र्डफ्लोट विशेषतः भारतीयहरूका बीच निकै चर्चित छ। यसले हाल प्रचलित फेसबुक र टि्वटरलाई समेत टक्कर दिने अनुमान गरिएको छ। वल्र्डफ्लोटले आफ्ना प्रयोगकर्तालाई पैसा जित्ने अवसर उपलब्ध गराउँछ। यो साइटमा हरेक महिना ३० लाख नयाँ प्रयोगकर्ता थपिंदै गएका छन् भने आगामी डिसेम्बरसम्म उनीहरूको संख्या ३ करोडसम्म पुग्ने अनुमान गरिएको छ। यो वर्षको जुन महिनामा प्रयोगकर्ताको संख्या एक करोड पुगेको र तीमध्ये ८० प्रतिशत भारतीय भएको कम्पनीले जानकारी दिएको छ। यद्यपि यसमा विश्वका ६२ देशका मानिस सम्मिलित छन् र यसले संसारका विभिन्न ३० हजार सहरका प्रयोगकर्तालाई समेट्ने लक्ष्य लिएको बताइन्छ। यो साइटको सुरुवात गत बर्षको जुनमा भएको थियो। वल्र्डफ्लोटमा फेसबुक र टि्वटर जस्तै सम्पूर्ण अनलाइन सुविधा उपलब्ध छ। यसमा पनि विभिन्न विषयवस्तु सेयर गर्न सकिन्छ। त्यसबाहेक यसको नयाँ विशेषता भनेको ट्रेजर हन्ट गेम हो। यसबापत प्रत्येक दिन एक हजार भारतीय रुपैयाँसम्म जित्न सकिन्छ। १ सय रुपैयाँको टिकट लिएर गोल्ड मेम्बर बन्न सकिन्छ र एउटा गेम सेसनमा १० हजार रुपैयाँसम्म जित्न सकिन्छ। प्रयोगकर्ताले साइटको स्क्रिनमा देखिने नगद रुपैयाँमा क्लिक गर्नुपर्छ। क्लिक गर्दा स्क्रिनबाट नोट हराउँछ। जति धेरै क्लिक गर्‍यो, उति बढी स्कोर पाइन्छ। स्कोर पनि हेर्न सकिन्छ। सबैभन्दा बढी क्लिक गर्ने ब्यक्तिको स्कोर धेरै हुन्छ र उसले पुरस्कार पनि पाउँछ। इमेलका आधारमा दिइने उक्त पुरस्कार बैंक एकाउन्टमा जम्मा भएर बस्छ। यद्यपि सबैले यति धेरै पुरस्कार पाउने भने होइनन्। यसमा धेरै पटक खेलेर बढी अंक ल्याउनेले मात्र पुरस्कार पाउने हुन्, तर पनि यसको लोकपि्रयता चुलिरहेको छ। वल्र्डफ्लोटका सिइओ पुष्कर नाहटाका अनुसार यो साइट किन्न १५ अर्ब भारतीय रुपैयाँको प्रस्ताव आइसकेको छ तर उनले यसलाई बेच्न चाहेनन्। वल्र्डफ्लोटको साइटमा गएर यसलाई लगइन गर्न सकिन्छ। त्यसबाहेक फेसबुकमार्फत पनि यसमा आफ्नो एकाउन्ट बनाउन सकिन्छ। यद्यपि यसको आलोचना पनि नभएको होइन। पैसा दिएर सदस्य बन्ने, अनि फुर्सद हुनेले क्लिक गरेको भरमा पुरस्कार पाउने कुरा आफैंमा अमिल्दो त छँदैछ, यसका लागि समय पनि त्यति नै दिनुपर्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger