भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अर्जुन राजवंशी
३२ औँ विपी स्मृति दिवसको अवसरमा आइतवार विहान विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भारत, चीन, अमेरिका तथा युरोपियन युनियनको चाहना नेपालमा मंसिर ४ मै निर्वान होस् भन्ने रहेकाले अव यो वा त्यो बहानामा निर्वाचनको मिति सार्न नुहने वताउनुभयो ।
उहाँले मंसिर ४ मा कुनै हालतमा पनि संविधानसभाको दोस्रो निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नु भयो । कोइरालाले अहिले निर्वाचनको उत्साह र चाहना बढेकाले असन्तुष्ट दलहरुलाई निर्वाचनमा सहभागी गराउन जनताले पनि दवाव सिर्जना गर्नु पर्ने बताउनु भयो । उहाँले असन्तुष्ट दलहरुसंग वार्ताका लागि उच्चस्तरीय राजनीतिक समिति निरन्तर लागिरहेकोले केही दिन भित्रै असन्तुष्ट दलहरुसंग वार्ता हुने बताउनु भयो ।
कोइरालाले उच्चस्तरीय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र आफुले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरण र मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसंग कुराकानी गरिरहेको र निर्वाचनप्रति सकारात्मक रहेको आफुले पाएको जानकारी दिनुभयो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.