भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
६ साउन, काठमाडौं । संगठनात्मक सिद्धान्त बनाउन र चुनाबी रणनीति तयार पार्न बोलाइएको एकीकृत माओवादीको बैठकमा दुई नेताले ‘जोक’ सुनाउँदा सबै नेताहरुमा हाँसो छायो । एक नेताले ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राख्यो, बाङ्गाको बाङ्गै’ भन्ने उखानलाई परिवर्तन गर्न बैठकमा माग गरे भने अर्का नेताले चाहिँ कांग्रेस नेताहरुमा कमन सेन्स (सामान्य बुद्धि) नभएको जोक बैठकमा सुनाएर आफ्नै नेताहरुलाई कटाक्ष गरे ।
कांग्रेस नेताको ‘कमन सेन्स’ !
यस्तै अर्का नेता एवं बैठकका सहभागी विष्णुहरि शर्माले कांग्रेसको बैठकमा ‘कमन सेन्स’ खोजीको जोक सुनाउनुभएको थियो । एमाओवादी नेताहरुमा पनि कमन सेन्स नभएको र उनीहरुलाई चलाउने ड्राइभर देश बाहिरै रहेको व्यंग्य गर्दै शर्माले बैठकमा नेतालाई हँसाउँदै सुनाएको जोकचाहिँ यस्तो थियो-
‘नेपाली कांग्रेसको एउटा भेलामा एकजना अगुवा कार्यकर्ताले हाम्रा नेताहरुमा ‘कमन सेन्स’ छैन भन्ने आरोप लगाएछन् । त्यसपछि कांग्रेस नेताहरुले नेपालकै बजारमा ‘कमन सेन्स’ किन्न खोजेछन् । तर, नेपालमा कतै ‘कमन सेन्स’ नपाइएपछि शेरबहादुर देउवा र रामचन्द्र पौडेल ‘कमन सेन्स’ खोज्न अमेरिका पुगेछन् । ठूला ठूला डिपार्टनेन्ट स्टोरमा खोज्दा पनि ‘कमन सेन्स’ नभेटिएपछि लखतरान भएका दुबैले एकजना ट्याक्सी ड्राइभरलाई सोधेछन्, हेल्लो, ‘कमन सेन्स’ कहाँ पाइन्छ, तपाईलाई थाहा छ ? ड्राइभरले भनेछन्- ‘यो त कहाँ ठूला ठूला पसलमा पाइन्छ र ? मसँगै छ नि ।’ कांग्रेस नेताले खोइ कहाँ छ भनेर सोधेपछि ड्राइभरले उल्टै प्रश्न गरेछन् – ‘मेरा घरमा ३ जना सदस्य छन्, एकजना मेरी छोरी, अर्की मेरी श्रीमती र अर्को तेस्रो चाहिँ को हो ? तपाईहरुलाई थाहा छ ?’ देउवा र रामचन्द्रले जवाफ दिन नसकेपछि ती ड्राइभरले भनेछन्, तेस्रो व्यक्ति मै हुँ । र, ‘कमन सेन्स’ भनेको पनि यही हो ।
देउवा र रामचन्द्र स्वदेश फर्किएपछि सुशील कोइरालाले कमनसेन्स भेटियो त ? भनेर सोधेछन् । देउवाले अमेरिकी ड्राइभरले जस्तै मेरो घरमा तीनजना छन्, छोरी, आरजू र अर्को को हो भनी सुशीललाई सोधेछन् । सुशील कोइराला जवाफ दिन नसकेर अक्क न बक्क परेछन् । त्यसपछि देउवाले जवाफ दिएछन्- ‘तेस्रो व्यक्ति भनेको अमेरिकी ड्राइभर हुन् । र, ‘कमन सेन्स’भनेको पनि उनै हुन् ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.