Widgets

Home » , » पार्टी हाँक्न नसक्नेले मुलुक हाँक्छु भन्नु हास्यास्पद : सिंह

पार्टी हाँक्न नसक्नेले मुलुक हाँक्छु भन्नु हास्यास्पद : सिंह

Written By Unknown on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
Prakashman-singh६ साउन, काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशन भएको ६ महिना पनि पार्टी राम्रोसंग हाँक्न नसक्ने एमाओवादी अध्यक्ष प्रचण्डले मुलुक नै हाँक्छु भन्नु हास्यास्पद भएको वताउनु भएको छ । महामन्त्री सिंहले पार्टीका कार्यकर्ताले पार्टी चलाउन दिएको म्यान्डेटलाई ६ महिना भन्दा बढि टिकाउन नसक्नेले मुलुक हाँक्ने सपना देख्नु दिवा स्वप्नामात्रै हुने टिप्पणी गर्नु भयो । 
भक्तपुर जिल्ला कार्यसमितिले आइतवार भक्तपुरमा आयोजना गरेको पार्टीका कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो,’पार्टी नै हाँक्न नसक्ने मान्छेले मुलुक हाक्न सक्दैन । त्यसले नागरिकहरुलाई न्याय गर्छु भन्नु हास्यास्पद हो । ‘
सिंहले अब मुलुक नेपाली काँग्रेसलेमात्रै हाक्न सक्ने वताउनुभयो । सिंहले मुलुक हाक्न सक्ने पार्टीलाई आसन्न संविधानसभाको निर्वाचनमा अत्याधिक बहुमतले जिताउनु पर्ने वताउनुभयो । उहाँले मंसिर ४ का लागि तोकिएको निर्वाचन सार्न एमाओवादी लगायतका दलहरु लागि परेको आरोप लगाउनु भयो । उहाँले मंसिर ४ को निर्वाचन सारिए मुलुक द्वन्द्वमा फस्ने ठोकुवा गर्नु भयो ।
उहाँले भन्नुभयो,’ एमाओवादी र मधेशवादी दलहरुले विभिन्न बहानामा टार्न खोजिरहेका छन् । चुनाव सारिए मुलुकमा द्वन्द्व उत्पन्न हुन्छ । त्यसैले जसरी नी चुनाव गराउनु पर्छ ।’ सिंहले एमाओवादी कै अध्यक्ष प्रचण्डले आदिवासी जनजाती लगायतका साना दलहरुलाई समानुपातिक सिट संख्या बढाउने विषयलाई उचाल्न उकासिरहेको आरोप लगाउनु भयो । उहाँले जनताले जातीय राज्य नभईसवैको पहिचान झल्कने जातीय पहिचान मेटिने खालको संघीयता चाहेको वताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger