Widgets

Home » » १६ विधाका लागि ६ घन्टाको कार्यक्रम, सबैको मुखमा उदित नै उदित(विजेताको नामाबली सहित)

१६ विधाका लागि ६ घन्टाको कार्यक्रम, सबैको मुखमा उदित नै उदित(विजेताको नामाबली सहित)

Written By Unknown on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नेपाल चलचित्र विकास कम्पनीले आयोजना गरेको ‘एनएफडीसी फिल्म अवार्ड’ शनिबार काठमाण्डौको भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । कुल १६ विधामा वितरण गरिएको अवार्ड कार्यक्रममा चलचित्र ‘सायद’ले आफ्नो बर्चस्व कायम गर्‍यो । ‘सायद’का निर्माताले तयार पारेको नयाँ चलचित्र ‘होस्टेल’ भदौ १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।गतबर्ष प्रदर्शनमा आएको चर्चित चलचित्र ‘सायद’ले ७ वटा विधामा अवार्ड हात पारेको छ । नेपाली सिनेमाका चर्चित चलचित्रकर्मीहरुको नामबाट वितरण गरिएको अवार्ड कार्यक्रममा १२ बर्षपछि नेपाल फर्केका गायक उदितनारायण झा मुख्य आकर्षणको रुपमा रहन पुगे । स्टेजमा पुगेका नायक भूवन केसी देखि मह जोडी, निर शाह, शम्भुजित बास्कोटाले उदितसँग बिताएका दिनहरु संझदै रमाइलो गरे । गायक झा पनि प्रत्येक पटक आफू बसेको ठाउँबाट उठ्दै सबैको मायालाई ग्रहण गरिरहेका थिए । नेपाली सिनेमाका चर्चित कलाकार देखि दर्शक तथा पत्रकारहरुलाई उदितसँग फोटो खिचाउन पनि भ्याइनभ्याई भयो । जेहोस् गायक उदितको आगमनले ‘एनएफडीसी अवार्ड’लाई विशेष बनाइदियो ।कुल १६ विधामा वितरण गरिएको अवार्ड समारोह लामो हुँदा चलचित्रकर्मीले असहज महशुश पनि गरे । कार्यक्रमको उद्घोषण गरेका आयुष रिजाल, पि्रयंका कार्की, निशा अधिकारी, रेश महरठ्ठाले आवश्यकता भन्दा धेरै बोलिदिदा कार्यक्रम लामो बन्न पुग्यो । अर्कोतिर स्टेजमा पुगेका अतिथीहरुले पनि लामै भाषण गरिदिए । यसैले साढे ३ बजेबाट सुरु भएको अवार्ड समारोह साढे ९ बजे मात्र सकिएको थियो । आयोजकले निर्धारित समय छुट्टयाउन नसक्दा अवार्ड समारोह लामो र अव्यवस्थित देखिएको थियो । अवार्ड कार्यक्रमको सुरुवात नायक राजेश हमालले गरेका थिए ।
यो बर्षको अवार्ड समारोहलाई आकर्षक बनाउने काम नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफीमा तयार भएका विभिन्न प्रस्तुतीले बनायो । नेपालकै पहिलो चलचित्र ‘आमा’का तिन कलाकार बसुन्धरा भुषाल, भुवन चन्द, चैत्यदेवी देखि नायक भूवन केसी, यशराज, नन्दिता केसी, अशिष्मा नकर्मी, गरिमा पन्त, गजित बिष्ट, नम्रता सापकोटा, निष्मा घिमिरे, सुशिल क्षेत्री, सुमिना घिमिरेको प्रस्तुती विशेष रहन पुग्यो । अवार्डको प्रत्येक विधाका विजेताले ५१ हजार नगद पुरस्कार समेत प्राप्त गरेका छन् ।यस्तै सर्वोत्कृष्ट निर्देशकले भने १ लाख नगद पुरस्कार प्राप्त गरेका छन् । सर्वोत्कृष्ट नायक तथा नायिकाले ५१ हजार नगदसहित सामसुङ ग्यालेक्सीको ट्याब समेत प्राप्त गरेका छन् । १६ विधामा प्रस्तुत गरिएको अवार्डका विजेताहरुको नामावली यसप्रकार छ :
शिव सर्वोत्कृष्ट अभिनेता पुरस्कार : जीवन लुइटेल(मालतीको भट्टी)
भुवन सर्वोत्कृष्ट अभिनेत्री पुरस्कार: निता ढुंगाना(नोटबुक)
प्रकाश सर्वोत्कृष्ट निर्देशक : सुरज सुब्बा नाल्बो(सायद)
हिरा सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार : सायद(दुर्गिस फिल्मस् )
बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : करिश्मा मानन्धर(मायाज बार)
कुसुमे रुमाल व्यवसायिक सिनेमा : सायद
शम्भुजित सर्वोत्कृष्ट संगीतकार : सुरेश अधिकारी(मायाज बार)
उदित सर्वोत्कृष्ट पाश्र्व गायन : स्वरुपराज आचार्य(रिदम)
भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त(हमेशा)
बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज(के म तिम्रो साथी बन्न सक्छु)
निर सर्वोत्कृष्ट सहअभिनेता : विल्सन विक्रम राई(सायद)
मञ्जु सर्वोत्कृष्ट छायांकार : सञ्जय लामा(सायद)
प्रदीप सर्वोत्कृष्ट पुन ध्वनी मुद्रण : राजकुष्ण श्रेष्ठ र सुनयमान श्रेष्ठ(फूल)
चेतन सर्वोत्कृष्ट लेखक : सुरज सुब्बा नाल्बो(सायद)
पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकार : विदुर गिरी
मह जुरी पुरस्कार : संयम पुरी(सायद)

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger