भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चलचित्रको पर्दामा होस् या कुनै सार्वजनिक कार्यक्रममा नै किन नहोस् ,नायिका गरिमा पन्तको पहिरन आकर्षक हुन्छ । उनी विशेषगरी चलचित्र देखि सार्वजनिक कार्यक्रममा पहिरन आकर्षक लगाएपनि खासै खुल्दिनन् । चलचित्रमा नायिकाहरुको अंगप्रदर्शन गर्ने होडबाजी चलिरहदा गरिमा भने सामान्य युवतीकै भूमिकामा देखिएकी छिन् ।
सार्वजनिक कार्यक्रममा पुग्दा पनि उनको पहिरनले शिर देखि पाउ नै ढाकेको हुन्छ । अधिकांश नेपाली सिनेमाका नायिकाहरु सार्वजनिक कार्यक्रममा पुग्दा आफूलाई कुनै न कुनै तबरले सबैको ध्यान आकर्षण गर्न सफल देखिन्छन् । तर शनिबार सम्पन्न ‘एनएफडीसी अवार्ड’मा गरिमाको पहिरनले धेरैको ध्यान खिचेको थियो । गरिमाले लगाएको कालो रंगको गाउन केही खुलेको थियो । जसले गर्दा गरिमा आकर्षकसँगै सेक्सी देखिएकी थिइन् । आखिर गरिमा यो कार्यक्रममा यसरी किन खुलिन् त, धेरैको मुखमा यो प्रश्नले पनि बास गरेको पाइयो ।
चलचित्र देखि कुनै कार्यक्रममा आकर्षक तर सामान्य पहिरन लगाउने गरिमाले शनिबार सम्पन्न उक्त कार्यक्रममा भने धेरैलाई अचम्ममा पारिन् । अधिकांश नायिकाहरु साडी लगाएर कार्यक्रममा पुग्दा गरिमाको कालो गाउनले सबैलाई आकषिर्त गरेको थियो ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.