Widgets

Home » » बिरेन्द्रको वंशनाश पछि नेपाल आइन : उदितनारायण

बिरेन्द्रको वंशनाश पछि नेपाल आइन : उदितनारायण

Written By Unknown on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१२ बर्ष पछि खोला पनि र्फकन्छ भनिन्छ । सायद यसैले पनि होला, गायक उदितनारायण झा १२ बर्ष पछि नेपाल फर्किए । आफ्नै नाममा समर्पित गरिएको एक अवार्ड वितरण गर्नका लागि उनी पत्नी दिपानारायण झाको साथमा शनिबार मध्यान्न नेपाल आइपुगेका थिए । नेपाल आएको समयमा उदितले अनलाइनखबरसँग गरेको कुराकानी :कसरी वुझ्दै हुनुहुन्छ नेपाली सिनेमालाई ?
म एउटा कलाकार भएको नाताले यो बिषयमा खासै बोल्न चाहन्न । तर नेपाली सिनेमाले जुन खालको प्रगती गरेको छ, त्यो एउटा कमालकै प्रगीत हो भन्ने मलाई लाग्छ । मलाई के विश्वास छ भने अझ आउने समय राम्रो हुनेछ । पहिला बर्षमा एउटा सिनेमा बन्थ्यो, अहिले ५० वटा भन्दा बढि बन्छ । यो नेपाली सिनेमाले गर्व गर्नु पर्ने बिषय हो । नेपाली सिनेमाले स्वर्ण जयन्ति मनाइरहेको छ, मलाई गर्व महशुश भइरहेको छ ।
नेपाली गीत कम गाउँदै हुनुहुन्छ नि ? यसको कारण के होला ?
मैले ३५ बर्षदेखि निरन्तर नेपाली सिनेमामा आवाज भरिरहेको छु । अहिले सायद केही कम भयो होला तर गाउन भने छोडेको छैन मैले । म यो कुरामा गर्व महशुश गर्छु कि मुम्बइमा बसेपनि नेपाली सिनेमाका सबैले मलाई माया गर्नुहुन्छ । म बाचुन्जेलसम्म तपाइहरुको सेवा गर्नेछु । म जहाँ गएपनि नेपाली संगीतलाई उठाउने प्रयास गर्नेछु ।
नेपालकै स्टुडियोमा गाउन बोलाइयो भने तपाई के गाउनुहुन्छ ?
मैले कतिपटक गीत गाइसकेको छु । यस अघि नेपाल आउदा मैले स्वर्गिय राजा विरेन्द्रको हातबाट गोर्खा दक्षिणबाहु पुरस्कार थापेको थिए ।
१२ बर्षपछि किन आउनु भयो नेपाल ? यस भन्दा अघि आउन मन लागेन ?
म यही हुर्केको बढेको केटा हुँ । यसैले पनि नेपालको माया मलाई अत्यन्त धेरै छ । तर स्वर्गीय राजा बिरेन्द्रको बंशनाश भएपछि म निक्कै उदास भए । यसैले नेपाल आउनै मन लागेन । यो दुख ममा सधै रहिरहन्छ । यो मेरो आफ्नै ठाउँ हो, यसैले मलाई निक्कै माया लाग्छ ।
सधैका लागि नेपाल र्फकन चाहनुहुन्न तपाई ?
यहाँ मेरो आफ्नै घर छ, जमिन छ । म पछि आएर यही खेती किसानी गर्छु । अहिले मुम्बईमा खेताला पनि पालेको छु, भोली यहाँ ल्याएर काम गराउनु पर्‍यो नि ।
यो त आदर्शको मात्र कुरा भयो नि, के साच्चै आउनुहुन्छ त ?
पक्कै पनि आउँछु । यहाँ आएर खेती किसानी गर्छु । अहिले गाउन दिनुहोस् न मलाई । उमेर छउन्जेलसम्म त गाउनु पर्‍यो नि हैन र ?

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger