Widgets

Home » » सर्च होइन स्मार्ट सर्च

सर्च होइन स्मार्ट सर्च

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


हामी गुगलमा विभिन्न विषयका बारेमा खोजी गर्छौं। यसलाई गुगल सर्च भनिन्छ। कतिपयले सजिलोका लागि यसलाई गुगल गर्ने पनि भन्छन्। गुगलको अत्यधिक लोकपि्रयताका कै कारण यसलाई विभिन्न शब्दले सम्बोधन गरिन्छ। भनिन्छ, यसमा जे खोजे पनि पनि पाइन्छ। गुगल सर्च आफैंमा एउटा कला पनि हो। हामीले सर्च गर्न पनि जान्नु आवश्यक छ। अनावश्यक रूपमा लामो शब्द लेखेर सर्च गर्दा धेरै विषयवस्तु एकै पटक लामो सूचीका रूपमा आउँछन् र सही विषय छनोट गर्न गार्‍हो हुन्छ। त्यसैले सही विषय छनोट गर्न सही शब्द चयन गरी सर्च गर्नुपर्छ। यसलाई स्मार्ट सर्च पनि भनिन्छ। धेरै मानिसले गुगलमा सर्च गर्छन्, तर कम मानिस मात्र हुन्छन् जसले स्मार्ट सर्च गर्छन्। स्मार्ट सर्चका कारण आवश्यक विषयवस्तुका बारेमा सटीक जानकारी पाइन्छ। जानकारीको प्रस्तुतिका कारण आवश्यक विषयवस्तु सम्झन सजिलो पनि हुन्छ। जानकारी पाउन धेरै मेहनत गर्नुपर्ने आवश्यकता पनि हँुदैन। त्यसैले स्मार्ट सर्च गर्ने तरिका थाहा पाउनु आवश्यक छ। हामीले मौसमका बारेमा थाहा पाउन रेडियो, टेलिभिजन वा अन्य कुनै एप्सको प्रयोग गरिरहेका हुन्छौं, तर के तपाईंलाई थाहा छ ? गुगलबाट पनि आफ्नो सहरको मौसमका बारेमा जानकारी पाउन सकिन्छ। जस्तै ः काठमाडौंको मौसमका बारेमा जानकारी चाहियो भने छुट्टै वेदर वेबसाइट खोज्नु आवश्यक छैन। गुगलको सर्च बारमा अंग्रेजी स्पेलिङमा वेदर लेखेर त्यसपछि काठमाडौं लेखेर इन्टर गर्दा काठमाडौंको मौसम र त्यसको भविष्यवाणीसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। यो अवस्थामा मौसमको जानकारी आवश्यक फिगरका साथ उपलब्ध हुन्छ। केही हिसाब गर्नु छ ? क्यालकुलेटर चाहियो ? छुट्टै क्यालकुलेटर खोज्नु पर्दैन, यसका लागि सर्च बारमा क्यालकुलेटर लेखी इन्टर गर्न सकिन्छ। स्त्रिmनमा एउटा क्यालकुलेटर तुरुन्त आउँछ। त्यसपछि आफूलाई आवश्यक हिसाबका लागि यसको प्रयोग गर्न सकिन्छ। चलचित्र हेर्न हलमा जान मन लाग्यो ? कुन चलचित्र चलेको छ, थाहा पाउन मन लाग्यो ? यसको पनि विकल्प छ। गुगलमै सबै कुरा देखिन्छ। यसका लागि पनि मुभी लेखेर हलको नाम लेखी सर्च गर्न सकिन्छ, तुरुन्त थाहा हुन्छ। क्युएफएक्स वा जय नेपाल हलमा कुन चलचित्र प्रदर्शन हुँदैछ थाहा पाउन मन लाग्यो भने सर्च बारमा मुभी लेखेर क्युएफएक्स वा जय नेपाल लेख्दा सबै जानकारी प्राप्त हुन्छ। त्यसबाहेक काठमाडौंका कुन हलमा कुन चलचित्र लागेको छ, थाहा पाउन मन लाग्यो भने चलचित्रको नाम पछि काठमाडौं लेखे सुरुमै सबै कुरा देखिन्छ। यद्यपि नेपालको सन्दर्भमा यो कुरा पूर्ण व्यवस्थित भैसकेको छैन। कतै यात्रामा जानु छ र फ्लाइटका बारेमा जान्नु छ भने पनि गुगल नै काम लाग्न सक्छ। यसका लागि गुगलमा छुट्टै एयरलाइन्सको वेबसाइट खोज्नु आवश्यक छैन। यसका लागि सर्च बारमा फ्लाइट वा एयरलाइन्सको नाम मात्र राख्दा पनि धेरै कुरा थाहा हुन्छ। जस्तै ः बुद्ध एयरका बारेमा जानकारी चाहियो भने बुद्ध एयरलाइन्स लेखेर सर्च गर्न सकिन्छ। त्यसपछि फ्लाइटका बारेमा सबै जानकारी पाउन सकिन्छ। कुनै स्थानमा पुगियो र पैसाको आवश्यकता पर्‍यो। आफूसित एटिएम कार्ड छ, तर एटिएम काउन्टर कता छ भन्ने कुरा थाहा भएन भने पनि गुगलले सहयोग गर्न सक्छ। यो अवस्थामा एटिएम लेखी स्थानको नाम लेख्न सकिन्छ। जस्तै ः एटिएम काठमाडौं लेखियो भने काठमाडौंमा एटीएम भएका सबै स्थानको नक्सासहितको जानकारी आउँछ। त्यसपछि आफू रहेको स्थानको कुन ठाउँमा एटीएम छ भन्ने कुरा सजिलै थाहा पाइन्छ। यसमा गुगल म्यापले पनि सहयोग पुर्‍याउँछ। त्यति मात्र होइन, रेस्टुराँ वा होटलको खोजीमा पनि यसले मद्दत पुर्‍याउँछ। तपाईंलाई कस्तो खाले रेस्टुराँ चाहियो? चिनियाँ वा भारतीय परिकार पाइने ? सबै कुरा गुगलमै खोज्न सकिन्छ। चाइनिज फुड काठमाडौं लेखेर सर्च गर्दा काठमाडौंमा चिनियाँ परिकार पाइने विभिन्न स्थानको सूची देखिन्छ। चिनियाँ रेस्टुराँका रूपमा परिचित 'टियान रुई रेस्टुराँ' सहितको नक्सा पनि देखिन्छ। कुन स्थानमा छ, त्यसको दूरी र फोन नम्बरसमेत उपलब्ध छ। नेपालको गार्हस्थ्य उत्पादनको स्थिति वा जनसंख्याका बारेमा जान्नुपरे नेपालपछि जिडिपी वा पपुलेसन लेखे विभिन्न तथ्यांक सजिलै प्राप्त हुन्छ। यी त केही उदाहरण मात्र हुन्। यसको प्रयोजन धेरै नै छ। हामीलाई थाहा छ, गुगल वास्तवमा सर्चकै लागि बनेको हो, तर सर्च गर्ने तरिका भने थाहा पाउनु आवश्यक छ। त्यसैले सर्च होइन, स्मार्ट सर्च गर्न सिक्नु आवश्यक छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger