Widgets

Home » » धादिङ र सिरहामा दुर्घट्ना ६ जनाको मृत्यु

धादिङ र सिरहामा दुर्घट्ना ६ जनाको मृत्यु

Written By sangalo on Monday, July 15, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

dhading

धादिङ, असार ३१ - पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे नजीकै जुागेखोलामा यात्रु बस दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ । अन्य १५ घाइते भएका छन् । अर्घाखाँचीबाट काठमाडौं तर्फ आउादै गरेको लु १ ख ७३३३ नम्बरको बस धादिङको थाक्रे नजीकै जुागेखोलामा सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुादा तीन जनाको मृत्यु भएको हो । विहान ५:५० बजे भएको दुर्घटनामा नरपानी ४ अर्घाखाँची घर भएका २२ वर्षका पुरन बुढाथोकी, अर्घाखाँची सिम्पानि ५ का ४० वर्षीय देव वहादुर पुन र अर्घाखाँची खिन्जी १ कि राधा पौडेल रहेकी छन् । दुर्घटनामा घाइते भएका १५ मध्ये पाँचको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीकार्यालय धादिङका प्रहरी प्रमुख अशोक सिंहले बताए । घाइते सबै लाई थप उपचारका लागी काठमाडौा पठाईएको पनि प्रहरीले जानकारी दिएको छ । सिरहामा भएको दुर्घट्नामा तीन जनाको मृत्यु देवनारायण साह सिरहा । पूर्व पश्चिम राजमार्गको कर्जन्हा ६ स्थित बगहामा बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । इटाटार ३ का मुकेश यादव, सोही ठाउ बस्ने रामसतीदेवी यादव र जिझौल ३ का गुलाबदेवी यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । उक्त दुर्घटनामा महिला,पुरुष, बालबालिका ११ जना घाइते भएको हो । उनीहरुको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनीहरुको स्थिति सामान्य रहेको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले बताए । ना ४ त ४७४३ नम्बरको ट्याक्टरमा कचनारी, जिझौल र इटाटारका २५/३० जना मिलेर धनुषाको परौलस्थित धार्मिक स्थलमा पूजा गर्न जादै गरेको अबस्था दुर्घटना भएको प्रहरी निरीक्षक महतोले बताए । ट्याक्टर तिब्र गतिमा भएकोले अनियन्त्रित भई सडक भन्दा तल गई पल्टेको हुन सक्ने उनले बताए । चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको उनले भने ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger