Widgets

Home » » हत्या भएको आठ वर्षपछि पक्राउ

हत्या भएको आठ वर्षपछि पक्राउ

Written By sangalo on Monday, July 15, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
स्याङ्जा, असार ३१ - स्याङ्जाको बाङ्सिङ गाविस–३ का डिलबहादुर विक र भानुभक्त विकको हत्या भएको झन्डै आठ वर्षपछि आइतबार प्रहरीले एक जनालाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बडुवालका अनुसार पक्राउ पर्नेमा बाँगेफड्के गाविस–३ का सानुभाइ भनिने राजेन्द्र गुरुङ रहेका छन् । प्रहरी निरीक्षक बडुवालका अनुसार बाङ्सिङ गाविस–९ डाँडाघर बस्ने लालबहादुर क्षेत्रीको गत २०६२ साल फागुन १८ गते भएको विवाहमा नाचगान गर्ने क्रममा भएको झडपमा विकद्वयको हत्या भएको थियो । विकद्वयको हत्याको अभियोगमा विक परिवारले २०६२ सालमै गुरुङसमेतको नाममा जाहेरी दर्ता गराएको थियो । हत्याको आरोप लागेको अन्य आधादर्जन अभियुक्त भने अझै फरार रहेको प्रहरी निरीक्षक बडुवालले बताए । उनीहरूको खोजी कार्यलाई पनि तीव्रता दिइएको जिप्रकाले जनाएको छ । रासस

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger