Widgets

Home » » केदारनाथ भक्तपुरमै, अब भारत जानु पर्दैन (फोटो फिचर)

केदारनाथ भक्तपुरमै, अब भारत जानु पर्दैन (फोटो फिचर)

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
बाढी पहिरोबाट रोकिएको भारतको केदारनाथको दैनिक नित्यपुजा शनिबारदेखि भक्तपुरको डोलेश्वरमा सुरु भएको छ । केदारनाथको शिर भाग मानिने सिपाडोल ६ स्थित डोलेश्वर मन्दिरमा पुजा हुने भएपछि भक्तजनको घुइचो लागेको छ । दर्शन गर्न भारतदेखि भक्तजन आउन थालेका छन् ।
असार २ मा भारत उत्तराञ्चल स्थित केदारनाथ र वरीपरीको क्षेत्रमा बाढीले पुजा रोकिएपछि केदारनाथीको पिठाधीश्वर जगतगुरु श्री भिमाशंकर लिङ्ग शिवाचार्यको आदेश अनुसार डोलेश्वरमा विधिवत रुपमा पुजा सुरु गरेको डोलेश्वर महादेव संरक्षण समितिका कार्यबाहक अध्यक्ष किरण थापाले बताए ।
शिवाचार्यको आदेश अनुसार समितिले आचार्य पण्डित कृष्णप्रसाद खनालको नेतृत्वमा ३३ जना ब्राम्हण लगाएर शनिबार नित्य पुजा गरेको हो । ढोलेश्वरलाई यसअघिसम्म केदारनाथको शिरभाग मानिएपनि नृत्य पुजा हुन थालेपछि 'केदारनाथ धाम' को रुपमा भक्तजनले दर्शन गरेका छन् ।
नेपाल र भारतमा बाढी पहिरोमा परेर मृत्यु भएका मृतआत्माको चिरशान्तिको कामना गर्दै समितिले शनिबार लक्षदीप, प्रज्वलन, रुद्राभिषेक, यज्ञ, हवन र महामृत्युन्जय जप समेत गरेको छ । शनिबारको बिशेष पुजाको अवलोकन र मन्दिर दर्शन गर्न २० हजार भन्दा बढी भक्तजन आएको थापाले बताए । 'दर्शन गर्न भारतीय भक्तजन पनि आउन थालेका छन,'उनले भने ।
शिवाचार्यले ०६६ भदौ ६ मा भक्तपुरको सिपाडोल ६ मा रहेको डोलेश्वर महादेव भारतको उत्तराञ्चलको शिरभाग भएको पुष्टि गरेका थिए । त्यसदिनदेखि हिन्दुधर्मालम्बीहरुले शिरभागको रुपमा पुजा गर्दै आइरहेका छन् ।   



भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger