Widgets

Home » » छाला नदेखाई फिल्म चलेको सोनाक्षीको दाबी

छाला नदेखाई फिल्म चलेको सोनाक्षीको दाबी

Written By sangalo on Saturday, July 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sonakshi Sinha

भर्खरै सार्वजनिक भएको लुटेरामा खुलेको सौन्दर्यताको कारण चर्चा बटुलेकी व्यस्त नायिका सोनाक्षी सिन्हाले आफूले छाला नदेखाए पनि चलचित्र चलेको दाबी गर्छिन् । उनले आफूले चलचित्र हिट बनाउान छोटा कपडा लगाउनु पर्ने आवश्यकता नभएको भन्दै कुनै पनि निर्देशक आफूकहाँ छोटा कपडा लगाउनुपर्ने खालको स्त्रिmप्ट बोकेर नआउँने दाबी गरेकी छन् । यिनी तिनै सोनाक्षी हुन् जसले बलिउडमा जिरो फिगरको ह्वीम चल्दा पनि आफ्नो ओजन घटाइनन् र आफ्नो मोटोघाटो शरीर पोक्चो गालाको सौन्दर्यले दर्शकलाई लठ्याइरहिन् । पत्रकारहरुले छोटा कपडा लगाए झनैं राम्री देखिन्थिन् कि भनेर सोधेको प्रश्नमा उनले आफूलाई छोटो कपडा लगाएर राम्री होइन्छ भन्ने कुरामा विश्वास नलागेाके प्रतिक्रिया दिएकी छन् । उनले आफूले स्कुले जीवनमा पनि छोटो स्कर्ट नलगाएको दाबी गरिन् । उनले आफूले छोटो कपडा लगाउने खालको शरीर नपाएको भन्दै निर्देशकलाई पनि त्यस्तो खालको भूमिका भएको चलचित्रको अफर नल्याउँन अनुरोध गरिन् । यी दबंग नायिकालाई सलमानले पनि पटक पटक तौल घटाउने सल्लाह दिँदै आएका छन् । तर, सुपरहिट दबंगमा अपोजित सलमानले दिएको सल्लाह भन्दा फरक मोटी लुक्समै सोनाक्षीले आफूलार्य दर्शकमाझ परिचित गराउँदै छिन् । 'मैले छाला नदेखाएरै पनि मेरा फिल्मले राम्रो व्यापार गरिरहेका छन् । म अभिभाभवकसाग नजिक बस्ने छोरी हुँ । म दर्शकलाई सुहाउँदो भूमिका मात्र गर्छु', सोनाक्षीलाई उदृत गर्दै भारतीय मिडियाले लेखेका छन् । 'म स्वतन्त्र व्यक्ति हुँ तर मलाई मेरो परिवारको सहयोग पनि चाहिन्छ', उनले थपेकी छन्,'म जे काम पनि आफ्नै निर्णयले गर्छु तर परिवारको सल्लाह लिन्छु ।' बिना जिरो फिगर अहिलेकी व्यस्त नायिकाले लुटेरापछि पनि अन्य फिल्महरु पाइपलाईनमा राखेकी छन् । सोनाक्षीको यो भनाईले आफूलाई अपडेट राख्न जिरो फिगर बनाएका तर लगातार फ्लप भईरहेकाहरुको मुटुमा चस्का पसेको हुनुपर्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger