Widgets

Home » » एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

एक चौथाइ टाउकाको मूल्य साढे ५ अरब

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

एउटा मान्छेको टाउकाको मूल्य कति होला ? त्यो मुल्य तोक्नेले जान्लान्, किनकी मान्छेको टाउको अमूल्य हुन्छ । पूरै टाउकाको मूल्य आखिर कुन आधारमा तोक्ने ? हुनत हाम्रै देशमा पनि विगतमा नेताहरुका टाउकाको मूल्य नतोकिएको होइन । तर अमेरिकामा भने एकजना मान्छेको एक चौथाइ टाउकाको मूल्य तोकिएको छ । त्यो पनि अदालतले ।1
४३ वर्षका एन्टोनियालोपेज चाजको एक चौथाइ टाउकाको मूल्य ५ करोड ८० लाख अमेरिकी डलर परेको अर्थात् ५ अर्ब ५३ करोड भन्दा बढि परेको छ । हुनत उनको एक चौथाइ टाउको कुनै लिलामीबाट यति धेरैमा बिकेको होइन । उनले डरलाग्दो आक्रमणबाट गुमेको आफ्नो एक चौथाइ खप्परबापत यो रकम क्षतिपूर्ति बापत पाउने भएका हुन् ।
2
क्यालिफोर्नियास्थित टोरेन्स उच्च अदालतले ती व्यक्तिलाई सेक्युरिटी कम्पनीले ५ करोड ८० लाख डलर क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको हो । तिनवर्ष पहिले स्थानीय एक बारमा आफ्ना भतिजहरुसँग पुगेका लोपेजलाई त्यहाँ कार्यरत सेक्युरिटी गार्ड र बाउन्सरले निर्घात कुटपिट गरेकाथिए । उनीहरुले लोपेजको टाउकोमाविभिन्न कडा वस्तुहरुले पटक पटक हिर्काउँदै अन्त्यमा उनको टाउको पक्की भुइँमा ४ पटक ठोक्काएका थिए । त्यसपछि मुर्छा परेका लोपेजलाई अस्पतालमा गम्भीर शल्यक्रियापछि बँचाउन त सकियो तर उनको एक चौथाइखप्पर काटेर फ्याँक्नुपरर्‍यो भने उनको मस्तिष्कमा समेत क्षतिपुग्यो । जसका कारण उनी बोल्न नसक्ने भएका छन् । उनलाईचौबिसै घण्टा स्याहारको खाँचो रहेको बताइन्छ । एक पत्रकार सम्मेलनमा लोपेजका वकिलले अदालतको फैसलाबारे जानकारी गराइरहँदा लोपेजलाई उनका दुइ आफन्तले त्यहाँ ल्याएका थिए । उनको टाउकोमा टोपी लगाइएकाले उनको कुच्चिएको टाउको भने देखिएको थिएन ।3

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger