Widgets

Home » » अस्ट्रेलियामा नेपालीको इतिहासबारे सचित्र पुस्तक छापिने

अस्ट्रेलियामा नेपालीको इतिहासबारे सचित्र पुस्तक छापिने

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

अस्ट्रेलियामा बसोवास गर्ने नेपालीहरुको इतिहलाई तस्विरमा उतारिने भएको छ । दक्षिण अस्ट्रेलियाको एडिलेटमा बसेर फोटोग्राफी पेशा गर्दै आएकी सुधिरा शाहले सचित्र पुस्तक (पिक्टोरियल बुक) मार्फत यहाँका नेपालीको इतिहासलई संग्रह गर्न लागेकी हुन् ।
शाहको यो अभियानको अस्ट्रेलियाका लागि नेपाली राजदुत रुद्र कुमार नेपालले जुन २६ बुधबार आयोजित एक कार्यक्रममा शाहको क्यामरा क्लिक गरी नेपाली परिवारहरुमा समर्पित यो “सचित्र पुस्तक परियोजना”को उदघाटन गरेका थिए । यस पुस्तकले अस्टेलिया भरि छरिएर बसेका नेपालीहरु बीच सेतुको रुपमा काम गर्ने बताउदै राजदुत नेपालले सबै नेपालीहरुलाई शाहको ऐतिहासिक अभियानमा साथ दिन आव्हान गरे । पुस्तकमा अस्टेलियाभरि छरिएर बसेका करिब ४०० नेपाली परिवारलाई समेट्ने लक्ष्य रहेको फोटोग्राफर शाहले एयु नेपाललाई बताइन ।
sudhira-2
“यो एकदमै चुनौती भरिएको प्रोजेक्ट हो” शाहले भनिन् “मेरा तस्बीरहरु बिभिन्न कारणबस नेपालबाट बसाइ सरेर अस्टेलियामा आएका नेपाली परिवारहरुमा आधारित हुनेछ, जसले ती सबै परिवारको भिन्ना भिन्नै कथाहरुलाई तस्वीरमा समेट्ने प्रयत्न गर्नेछ ।” यो परियोजनामा एडिलेटमा लामो समयदेखि बसेर ब्यवसाय गर्दै आएका दिपक विष्टले सल्लाहकारको रुपमा सहयोग गर्दै छन् । नेपाल अस्ट्रेलिया प|mेण्डसीप एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका विष्टको भनाइमा नेपाली समुदायको अस्ट्रेलियमा बिकासबारे लिखित कुनै दस्तावेज नभएको बेला यो परियोजना शुरु भएको हो । उनी भन्छन्, “भनेको जस्तो मिल्दै गएमा लगभग एक देखि डेढ बर्ष पुस्तक प्रकाशित हुन समय लाग्नेछ ।” ।
“यो असाध्यै राम्रो कुरा हो । अस्टेलिया बस्ने नेपालीहरुको जीवनमा आधारित यो पुस्तकले बिदेशमा बस्ने मानिसकरुको बर्तमानमा मात्र नभएर भविश्यमा पनि उनीहरुको जीवन उजागर गर्न एकदमै सहायक सिद्ध हुनेछ” आफ्नो परोपकारी अभियानमा एडेलेडमा आइपुगेका हेल्प नेपाल नेटवर्कका संस्थापक तथा बीबीसी नेपाली सेवाका पत्राकार रबीन्द्र मीश्रले भने ।
सन् १९९९ देखि नेपालमा कान्तिपुर पब्लिकेशन्सबाट फोटोग्राफीलाई आफ्नो प्रोफेसन बनाएकी शाहले छोटो समयमा नै फोटो पत्रकारिताजगतमा आफ्नो स्थान बनाउन सफल भइसकेकि थिइन् । एक सानी बालीकाले कठिन ताकासाथ रोपवे बाट त्रिशुली नदी तर्दे स्कुल गइरहेको उनको तस्वीरले सन् २००२ मा राष्टिय फोटो प्रतियोगितामा दोस्रो उत्कष्ट तस्वीरको उपाधि जितेको थियो र उनका तस्वीरहरुले अहिले सम्ममा चीन, मलेसिया, बेलायत र अष्टेलियामा थुप्रै उपाधिहरु जित्न सफल भइसकेको छन् । सन् २००४ मा बेलायतको वेष्ट मिनिस्टर विश्वविध्यालयबाट फोटोपत्रकारितामा स्नाकोत्तर गरेकि शाहले अस्टे्रलियामा विगत ४
वर्ष देखि आफ्नै स्टुडियो एस एस स्टुडियोमा धेरै समय र्सिजनात्मक फोटोग्राफीमा बिताउने गरेकि छिन् । नया जीवनशैलीमा आधारित आफ्ना जीवन्त तस्वीरहरुलाई पारखी सामु पुर्याउन खप्पीस शाहको सिर्जनालाई त्यहाका मानिसहरुले नेपाली रु १४ लाख सम्म तिर्ने गर्छन् । उनका तस्वीरहरु संसारकै उत्कष्ट संग्राहलयस्तर कागजहरुमा छापीन्छन् । उनले खिचेर छापीएका तस्वीरहरु करिब १ सय देखि २ सय बर्ष सम्मको ग्यारेन्टिका सुरक्ष्ँिर रहन सक्ने शाहको दावी रहेको छ ।
“राम्रो तस्वीर खिच्ने मात्र होइन, हामी तस्वीरमा कैद गरिएको अविश्मरणिय संझनाहरुलाई मानिसहरुले कसरी जोगाएर आफ्ना भावी पुस्ताहरु समक्ष हस्तान्तरण गर्नसक्छन भनी हामी सदैव प्रयत्नरत छौ’ शाह थप्छिन् । यसका साथै बाकी समय शाह स्वतन्त्र फोटोपत्रकारका रुपमा बिभिन्न पत्रपत्रिकामा संलग्न् छिन ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger