Widgets

Home » » कालीमाटी र बल्खुपछि नख्खुमा तरकारी बजार

कालीमाटी र बल्खुपछि नख्खुमा तरकारी बजार

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

१९ असार, काठमाडौं । ललितपुरको नख्खुमा सहकारी कृषि बजार सञ्चालनमा आएको छ । मकवानपुरको पालुङमा आफ्नै कृषि फार्म सञ्चालन गरिरहेको एकीकृत कृषि विकास सहकारी संस्था र प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा अत्यधुनिक व्यवस्थापनका साथ कृषि बजार सञ्चालनमा ल्याईएको हो ।
Nakhkhu-Tarkari-bajar-7
कृषि बजारको बुधबार उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले राम्रो कामको सुरुवात भएको भन्दै यस्ता बजारको विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष दीपकप्रकास बास्कोटाले सहकारी कृषि बजारले हाल तरकारी बजारमा देखिएको बिचौलियाहरुलाई हस्तक्षेप गर्नुपर्ने धारणा राख्नुभयो ।
सहकारी विभागका रजिष्टार केदार न्यौपानेले सहकारी मार्फत कृषिमा क्रान्ति ल्याउन सकिने भन्दै ढुवानी, प्रसोधन र प्याकिङ सहकारी मार्फत नै गर्नुपर्ने बताउनुभयो । उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष कारोबार नहुँदा बजारमा कृतिम अभाव, मुल्य बृद्धिजस्ता समस्या देखिएको बेलामा दुई सहकारी संस्थाहरु मिलेर पहिलो सहकारी बजार सञ्चालनमा ल्याइएको छ ।
Nakhkhu-Tarkari-bajar-6
बजार विहान ४ बजेदेखि राती ८ बजेसम्म खुल्ने छ । बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफुल, माछा, मासु, अण्डा, दुधजन्य पदार्थ, गेडागुडि र खाद्यान्न थोक तथा खुद्रा मुल्यमा उपलब्ध हुने संचालकले बताएका छ । बजारमा अत्याधुनिक सुपरमार्केटसहित १ सय १० वटा स्टलहरु रहेका छन् । सुभारम्भको दिन नै कृषि वजारमा तरकारी किन्ने उपभोक्ताहरुको भिड लागेको छ ।
कृषि बजार सञ्चालन समितका प्रमुख कार्यकारी अधिकृत जगन्नाथ ढकालले उत्पादकहरुले सिधै उपभोक्तासँग कारोबार गर्न नपाउँदै विचौलीयाहरुले धेरै रकम खाईदिने भएकाले यस बजारले उत्पादक र उपभोक्ताबीच कारोबार गराएर दुबैलाई लाभान्वित गराउने बताउनुभयो । उहाँले अन्य बजारको तुलनामा गुणस्तर,नापतौल र सुपथ मुल्यको ग्यारेन्टी गरिएको दाबि गर्नुभयो ।
Nakhkhu-Tarkari-bajar-1
करिव डेढ करोड रुपैयाँ लगानीमा संचालनमा ल्याइएको बजारमा किसानहरुले आफुले उत्पादन गरेको तरकारी आफैले बिक्री गर्न सक्नेछन् । हाल राजधानीमा रहेका तरकारी बजारले तरकारीको मागलाई धान्न नसकिरहेको अवस्थामा सहकारी कृषि वजार राम्रो विकल्प हुन सक्ने अपेक्षा गरिएको छ ।
Nakhkhu-Tarkari-bajar-2
Nakhkhu-Tarkari-bajar-3
Nakhkhu-Tarkari-bajar-4
Nakhkhu-Tarkari-bajar-5

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger