Widgets

Home » » मनकामनाको खराब कर्जा नघटेपछि मर्जर अलपत्र

मनकामनाको खराब कर्जा नघटेपछि मर्जर अलपत्र

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ असार, काठमाठडौं । इन्प|mास्ट्रक्चर डेभलपमेन्ट बैंक मनकामना विकास बैंकसँग मर्ज हुन तयार नभएपछि चार संस्थाबीच मर्ज हुने योजना अलपत्र परेको छ । मनकामना, आईडी, यती फाइनान्स र भ्याली फाइनान्सबीच मर्ज गर्ने समझदारी भएको थियो । मनकामनाको खराब कर्जा अनुपात उच्च भएको कारण आईडी बैंकले मर्ज नगर्ने निर्णय गरेको हो ।
manakamanaमनकामना विकास बैंकले असारसम्म खराब कर्जा अनुपात घटाउने प्रतिवद्धता व्यक्त गरेपछि अन्य संस्था मर्जका लागि तयार भएका थिए । गत चैत्रको वित्तीय विवरणअनुसार मनकामनाको खराब कर्जा अनुपात १७.६६ प्रतिशत रहेको थियो । अहिलेसम्म उक्त खराब कर्जामा कुनै सुधार नआएपछि आईडी बैंक मर्ज नगर्ने निष्कर्षमा पुगेको हो ।
चारै संस्थाले मर्जरको निर्णय लिन हालै विशेष साधारणसभा गरेका थिए । आईडीको सभामा भने मत बाझिएपछि सञ्चालक समितिलाई निर्णय गर्ने जिम्मा दिइएको थियो । मर्ज गर्ने र नगर्ने विषयमा विभाजित सञ्चालक समिति अन्ततः मर्ज नगर्ने निर्णयमा पुगेको हो । डिडिए रिपोर्टपछि यती फाइनान्सको सेयर १० प्रतिशत बढी मूल्यांकन गर्ने र अरुको सेयर बराबर मूल्यांकन हुने गरी सहमति गरिएको थियो ।
आईडीले पहिले सहमति गरेर अन्तिममा धोका दिएको आरोप मनकामनाका प्रवर्द्धकले लगाएका छन् । आफूहरुले खराब कर्जा घट्ने आश्वासनको आधारमा मात्र सहमति गरेको हुनाले धोका दिएको भन्न नमिल्ने दाबी आईडीका प्रवर्द्धकले गरेका थिए । मनकामना बैंक प्रवर्द्धकले रामेश्वर थापाको नेतृत्वमा नयाँ विकास बैंकको सञ्चालक समिति चयन गर्ने प्रस्ताव गरेको थियो । वित्तीय अवस्था खराब भएको कारण थापाको पब्लिक फिगरले मात्र बैंक सुध्रन नसक्ने विश्लेषण अन्य संस्थाले गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अधिकारीले भने मनकामनासँग मर्ज गर्न आईडीलाई दबाब दिएको बुझिएको छ । राष्ट्र बैंक स्रोतका अनुसार, समझदारी गरी डिडिएसमेत गरेपछि आईडी पछि हट्न उपयुक्त नहुने सुझाव राष्ट्र बैंक अधिकारीले दिएका हुन् । राष्ट्र बैंकमा रहेको मर्जर डेक्सले मर्जर पूर्व वित्तीय संस्थाका पदाधिकारीलाई बोलाएर इच्छा बुझ्ने, एकअर्का संस्थाका आन्तरिक कमीकमजोरी भएमा स्पष्ट पारिदिने र सबैको सहमति भएमा मात्र मर्जरका लागि प्रक्रिया अघि बढाउने गरेको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger