Widgets

Home » » कोरियाका विद्यार्थीको समस्या सम्बोधन गर्न माग

कोरियाका विद्यार्थीको समस्या सम्बोधन गर्न माग

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सउल । कोरियामा रहेका नेपाली विद्यार्थीले आफ्ना समस्या सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । नेपाली बिधार्थीहरुको सङ्गठन नेपाली बिधार्थी समाज कोरिया (सोनसिक ) ले एक ज्ञापन पत्र बुझाएर समस्या सम्बोधन गर्न नेपाल सरकार समक्ष माग गरेको हो । उनीहरूले विद्यार्थीको समस्या समाधान गर्न पहल गरियोस भन्दै कोरिया स्थित नेपाली दूतावास मार्फत गत शनिवार ज्ञापन पत्र बुझाएका थिए ।
koriyaदूतावासको सभाकक्षमा “कोरिया मा नेपाली बिधार्थीको समस्या र राजदूतावास को भूमिका “बिषयक एक अन्तरक्रिया गरी कोरियाका लागि नेपाली राजदूत कमान सिह लामालाई ज्ञापनपत्र बुझाईएको हो ।
कार्यक्रममा सोनसिक सल्लाकार डा. जनार्दन लामिछाने, डा. देवी बहादुर बस्नेत र प्रकाश धमलाले बिधार्थीका समस्या बारे आप्ना बिचार राख्नु भएको थियो भने सोनसिक उपाध्यक्ष जीवन पौडेल ले अन्तरक्रिया कार्यक्रममा उठेका विषय बस्तुलाई सुचिकृत गर्दै राजदूत समक्ष ज्ञापन पत्र बुझाउनु भएको थियो ।
राजदूत लामाले आफूले अन्तरक्रिया कार्यक्रममा उठेका कुरा र ज्ञापन पत्र मार्फत ध्यानकर्षण गरिएका समस्या नेपाल सरकार समक्ष पुराउने प्रतिबध्ता जनाउनु भयो । राजदूत लामाले भन्नु भयो “म कोरिया मा रहेका नेपाली बिधार्थी को समस्यामा चिन्तित छु समाधान मा सक्दो सहयोग गर्ने छु ।”
उक्त कार्यक्रममा सोनसिकले नेपालका विभिन्न ठाउँमा रहेका दैबीप्रकोप पिडितहरुको सयोगार्थ सोनसिक ले सञ्चालन गरेको “सहयोग सङ्कलन अभियान” अन्तर्गत २४ लाख ३० हजार १ सय ११ कोरियन वन सङ्कलन भएको जानकारी गराउदै सहयोग विवरण सार्वजनिक गराएको थियो । सो रकम चाँडै नेपाल पठाउने तयारी भर्इरहेको विमल सुवेदीले जानकारी दिनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/07/89237/#sthash.uNwUMrzH.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger