Widgets

Home » » मनिषा र प्रकाश कोइरालालाई कांग्रेसमा भित्र्याइँदै

मनिषा र प्रकाश कोइरालालाई कांग्रेसमा भित्र्याइँदै

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
१९ असार, काठमाडौं । नेपाली कांग्रेस परित्याग गरी शाही सरकारमा मन्त्री बनेका वीपीपुत्र प्रकाश कोइराला र उहाँकी छोरी अभिनेत्री मनिषा कोइरालालाई पार्टीमा फर्काइने भएको छ । उपचारका क्रममा अमेरिकामा लामो समय बसेर स-परिवार मुम्बई फर्कनुभएका कोइरालाको क्रियाशील सदस्यता सुनसरीबाट नवीकरण गराई उहाँलाई कांग्रेसमा भित्र्याउन लागिएको हो ।Prakash-koirala-and-Manisha
‘सुनसरीबाट प्रकाश दाइको क्रियाशील सदस्यता नवीकरण गर्न लागिएको हो ।’ आदिवासी जनजाति विभागका केन्द्रीय सदस्य शिव फागोले अनलाइनखबरसँग भन्नुभयो ‘सभापति सुशील दाइले सहमति जनाएपछि प्रकाश दाइको क्रियाशील सदस्यता नवीकरण फारम भर्न तस्वीरसमेत धुलाइसकिएको छ ।’
सुजाताको आपत्ति
वीपीपुत्र प्रकाशको क्रियाशील सदस्यता नवीकरण गर्ने तयारीप्रति सुजाता कोइरालाले आपत्ति जनाउनुभएको कांग्रेस स्रोतले बतायो । ‘सुजाताले यसमा आपत्ति जनाउनुभएको छ । सुनसरी क्षेत्र नं २ का सभापति भरत चौधरी र जिल्ला सभापति राजीव कोइरालालाई फोनै गरेर प्रकाशलाई पार्टीमा नल्याउन भन्नुभएको छ ।’ कांग्रेस स्रोत भन्छ- ‘तर, सभापतिले अमेरिकाबाटै फोन गरेर प्रकाशको सदस्यता नवीकरण गर्न भन्नुभएको छ ।’ सुनसरीको मधेलीमा प्रकाशको सदस्यता नवीकरणका लागि फागो र महेश कोइराला सक्रिय छन् ।
मनिषाको सदस्यता सप्तरीबाट
त्यसैगरी क्यान्सर रोगको उपचारपछि आराम गरिरहेकी मनिषा कोइरालाको क्रियाशील सदस्यता सप्तरीबाट नवीकरण गरिने फागोले अनलाइनखबरलाई बताउनुभयो । उहाँले भन्नुभयो- ‘अभिनेत्री मनिषाको सदस्यताका लागि सप्तरीका क्षेत्रीय सभापति रामकुमार यादवले आवश्यक प्रक्रिया मिलाइरहनुभएको छ ।’
सुशीलको प्राथमिकतामा वीपीपुत्र
ज्ञानेन्द्रको शाही सरकारमा मन्त्रीसमेत बन्नुभएका प्रकाश कांग्रेसबाट विद्रोह गरी बनेको राष्ट्रिय कांग्रेसमा आवद्ध हुनुहुन्छ । वीपीका अर्का छोरा शशांक कोइराला भने अहिले पनि नेपाली कांग्रेसमै हुनुहुन्छ । नेपाली कांग्रेसमा वीपीका सन्तान भन्दा गिरिजाप्रसाद कोइराला र नोना कोइरालाका उत्ताधिकारीहरुको प्रभाव बढ्दो छ । गिरिजापुत्री सुजाता र नोनापुत्र शेखर कोइराला कांग्रेसमा सक्रिय हुनुहुन्छ ।
स्रोतका अनुसार शेखर र सुजातासँग आफ्नो सम्बन्ध बिगि्रन थालेपछि सुशीलले वीपीपुत्र शशांक र शेखरलाई अघि बढाउने चाहना देखाउनुभएको हो । शुरुमा प्रकाशलाई फकाउन सुशील आफैं उहाँको घरमा जानु भएको थियो । तर, प्रकाशले पार्टीमा फर्कन शुरुमा अस्वीकार गरे पनि पछि कार्यकर्ताहरुले आग्रह गरेपछि उहाँले सहमति जनाएको र त्यसपछि सदस्यता नवीकरण प्रक्रिया अघि बढाइएको फागोले बताउनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/07/89299/#sthash.7WMcML9e.dpuf

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger