Widgets

Home » » अफगानिस्तान आक्रमणमा मारिनेमा नेपाली होइन

अफगानिस्तान आक्रमणमा मारिनेमा नेपाली होइन

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान भएको तालिबानी आक्रमणको घटनामा ३ भारतीय, १ बेलायती र १ रोमेनियनको निधन भएको छ । घटनामा चार नेपाली सुरक्षागार्ड घाइते भएकोमा काबुलस्थित नेपाली कामदारले जानकारी दिएका छन् । घाइतेहरुमा धरानका सुधीर लिम्बू, काठमाडौंका बिपिन सिम्खडा र तनहुँका बासुदेव रानाभाट हाल स्थानीय अस्पतालमा उपचाररत रहेको तथा अर्का घाइते विनोद अधिकारी मंगलबार अपरान्है डिष्चार्ज भइसकेको जनाइएको छ । स्थानीय कामदार शशी पौडेलका अनुसार घाइतेको स्वास्थ्यस्थिती सामान्य छ । मंगलबार अपरान्हसम्म उक्त घटनामा ४ नेपाली मारिएको भन्दै अन्र्तराष्ट्रिय मिडियामा प्रचार भएको थियो । मंगलबार बिहान स्थानीय समयअनुसार ५ बजे आक्रमणकारीले विदेशी नागरिकको बसोबास रहेको पिनेकल नर्थ होटल र साथैमा रहेको एटलान्टिक सहयोग संगठन नेटोलाई सामान उपलब्ध गराउने कम्पनी सुपि्रमको कार्यालयलयमा नजिकै बिष्फोटक पदार्थले भरिएको बिष्फोट गराएका थिए । एक आत्मघाती तालिबानले सुरु गरेको आक्रमणमा बिष्फोट गराएसागै बाहिर उभिएका अन्य तीन आक्रमणकारीले गोली हान्दै होटल पिनेकलभित्र छिर्ने प्रयास गरेका थिए । आक्रमणकारी र सुरक्षा गार्डबीच भएको गोली हानाहानमा सबै आक्रमणकारीको मृत्यु भएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger