Widgets

Home » » कोरियामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु

कोरियामा भएको कार दुर्घटनामा नेपालीको मृत्यु

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

sailendra

सोल, असार १९ - दक्षणि कोरियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । ईपीएस मार्फत रोजगारी गर्न ४ वर्ष १० महिनाअघि यहाँ आएका दाङ तुल्सीपुरका शैलेन्द्र थापाको बुधबार राति थेगुको ईल्याङ भन्ने ठाउँमा कार दुर्घटनामा परी मृत्यु भएको हो । थेगु भिजन चर्चका पास्टर अमृत थापा मगरका अनुसार मृतक थापा मंगलबार बेलुका काम सकेर नवराज न्यौपाने र विनोद बिकसहित कारमा घुम्न बाहिर निस्केका थिए । विनोद बिकको नाममा रहेको सो कार चितवनका नवराज न्यौपानेले चलाएका थिए । नजिकैको बजारमा मादक पदार्थ सेवन गरेर र्फकने क्रममा राति १२.३० बजेतिर न्यौपानेले इल्याङ भन्ने ठाउँमा उभिइरहेको ट्रकमा कार ठोक्काएका थिए । बिक र न्यौपाने सुरक्षित रहे पनि फ्रन्ट सीटमा रहेका थापाको तत्काल उपचार हुन नसकेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हालसम्म अविवाहित मृतक थापा मत्स्यपालन भिसामा कोरिया आएर बिगत ४ वर्षदेखि मोबाइलको पार्टपूर्जा बनाउने देह्वा नामक कम्पनीमा अवैधानिकरुपले काम गर्दै आएका थिए । त्यहाँ २१ नेपाली कार्यरत छन् । थेगु ट्राफिक कार्यलयले सवारी साधन र चालक न्यौपानेलाई नियन्त्रणमा लिएको छ । न्यौपानेलाई हुने कारबाहीबारे हालसम्म निर्णय भइ नसकेको पनि पास्टर थापाले बताए । शव हाल स्थानीय अस्पतालमा राखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger