Widgets

Home » » तराई केन्द्रित एक दर्जन सशस्त्र समूहहरुबीच एकता

तराई केन्द्रित एक दर्जन सशस्त्र समूहहरुबीच एकता

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
जनकपुर, असार १९ - तराई केन्द्रित एक दर्जन सशस्त्र समूहबीच एकता भएको छ । अज्ञात स्थलमा जारी साताव्यापी विशेष बैठकमा १३ सशस्त्र समूहको सहभागिता रहे पनि जयकृष्ण गोइत नेतृत्वको मोर्चासँग भने एकता हुन नसकेको श्रोतले जनाएको छ । जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्तिले दिएको जानकारी अनुसार सम्पन्न एकता बैठकबाट मोर्चाको नाम जनतान्त्रिक तराई मुक्ति मोर्चा राख्ने तथा यसको अध्यक्षमा उनी (राजन मुक्ति)लाई तोकेको छ । बैठकले ल्याएको आठ बुँदे कार्यदिसामा तराई केन्द्रित अन्य सशस्त्र समूहहरुलाई पनि एकता प्रकृयामा आउन आग्रह गर्ने,सरकाले मंसिर ४गतेको लागि घोषणा गरेको संविधा सभा निर्वाचनलाई एकजुट भएर प्रतिकार एवं विफल बनाउने प्रमुख छन् । यसै गरी सरकारमा रही सत्ता सुख भोगेका मधेसवादी दल तथा उनका नेताहरु विजयकुमार गच्छदार, उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, अनिल झा एवं राजकिशोर यादवलाई मधेसको गद्दार घोषणा गरी यी दलहरुको मधेसमा आयोजन हुने कार्यक्रमलाई बहिष्कार गर्ने कार्यनीति पनि लिएको छ । नेपाली भाषीहरुको नेतृत्वमा रहेका पार्टीका मधेसस्थित कार्यालयहरु एक हप्ताभित्र खाली गर्ने उर्दी पनि जारी गरिएको छ । संविधान सभा निर्वाचनमा भाग नलिने तथा सत्ताबाट अलग थलग रहेका मधेस केन्दि्रत राजनीतिक दलहरुसँग सहकार्य गर्न सकिने घोषणा पनि नवनियुक्त अध्यक्ष राजन मुक्तिले गरेका छन् । राजन मुक्तिले तराईमा रहेका नेपाली भाषी प्रहरी प्रशासनलाई १५दिनभित्र मधेस खाली गर्न तथा मधेसमा रहेका प्रहरी चौकी, थाना, बेस क्याम्पहरुको २ सय मिटर वरिपरिमा रहेका घर बस्ती र टोल १०दिनभित्र खाली गर्न अपिल पनि गरिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger