Widgets

Home » » भारतमा नेपाली युवकको शंकास्पद मृत्यु

भारतमा नेपाली युवकको शंकास्पद मृत्यु

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

bisu gurung

कपानी जहाजमा काम गर्न सुरक्षा तालिम लिन साता अघि भारत पुगेका एक युवकको शंकास्पद मृत्यु भएको छ । असार १२ गते भारतको लखनउ पुगेका ललितपुर नख्खीपोटका २० वर्षीय बिसु गुरुङको रेलले किचेर मृत्यु भएको दाबी उनलाई पठाउने म्यानपावर कम्पनीले गरेको छ । आफन्तले भने शरीरमा धारिलो हतियार प्रयोगका घाउहरू देखिएकाले हत्याको शंका गरेको छ । लखनऊको जानकीपुरस्थित सेन्टर फर मेरिटाइम एजुकेसन एन्ड टे्रनिङ (सिमेट) मा तालिमका लागि गएका गुरुङको शनिबार मृत्यु भएको जानकारी परिवारले पाएको थियो । २ वटा भारतीय नम्बरबाट फोन र एसएमएसमार्फत गुरुङको मृत्यु भएको भन्दै शव लिन बोलाइएको थियो । गुरुङको शव उनलाई त्यहाँ पठाउने बि्रटिस गोर्खा ओभरसिज सर्भिस प्रालिले मंगलबार काठमाडौं ल्याइपुर्‍याएको छ । शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । आफन्तले हत्या भएको दाबी गर्दै बुझ्न अस्वीकार गरेका छन् । शवको कञ्चट, टाउको, नाक, खुट्टालगायतका अंगमा धारिलो हतियारले काटेको गहिरो चोट छ । 'रेलले पेलेको स्थिति हुँदा उसको शरीरका भाग कुच्चिएको हुनुपर्ने हो,' मृतकका बुवा रामलाल गुरुङले भने, 'उसको शरीरमा गहिरो चोट देखिएको छ ।' छोराको हत्या भएको भन्दै उनले हत्यारालाई अधिकतम कारबाही हुनुपर्ने माग गरे । शवको पोस्टमार्टम रिपोर्ट वा मृत्युबारे त्यहाँको प्रहरीको कुनै आधिकारिक पत्र छैन । सादा कागजमा शवलाई नेपाल पठाउन प्रयोग भएको गाडी नम्बर र गाडी चालक र मृतकको नाम लेखिएको छ । शंकास्पद मृत्यु भएकाको शव यसरी नेपाल आएकोप्रति नेपाल प्रहरीका अधिकारीले आश्चर्य व्यक्त गरेका छन् ।कक यसको जिम्मेवार म्यान पावर कम्पनी हुनुपर्ने उनीहरूले बताएका छन् । 'भारतबाट काठको टुक्रा लिएर आउन त कागजपत्र चाहिन्छ, लासबिना कागजपत्र कसरी आयो ?' ती अधिकृतले भने 'म्यानपावर कम्पनीले नै गलत नियत राखेर हतारमा यस्तो गरेको हुन सक्छ ।' भारतबाट प्रकाशित हुने हिन्दी भाषाको अमर उजाला नामक पत्रिकाले गुरुङको शव आइतबार बिहान लखनऊको रेलवे ट्र्याक किनारामा फेला परेको लेखेको छ । मृतक गुरुङ सिमेटको होस्टलबाट शनिबार राति शंकास्पद तरिकाले बेपत्ता भएको समाचारमा उल्लेख छ । नेपालगन्जबाट काठमाडौंसम्म मृतकलाई ल्याउने बा१०च ६९५९ नम्बरको निजी गाडीका चालक नवीन थापाले गुरुङको शव नेपालगन्ज मेडिकल कलेजसम्म निजी भारतीय गाडीमा ल्याइएको बताए । म्यानपावरले अभिभावकलाई दिएको भारतीय प्रहरीको भनिएको कागजात (सादा कागज) अनुसार यूपी ३ सी टी ६२७७ नम्बरको गाडीले शव नेपालगन्जसम्म ल्याएको देखिन्छ । म्यानपावर सञ्चालक पदमबहादुर गुरुङले मृतकको पोस्टमार्टम रिर्पोट केही दिनमै आइपुग्ने दाबी गरे । मृतकका परिवार, आफन्त र साथीभाइले लास प्रहरी र अस्पतालको आधिकारिक कागजातबिनै अव्यवस्थित रूपमा ल्याइएको प्रति आक्रोश पोखे । 'मान्छेको लास हो कुकुर बिरालोको होइन,' उनीहरूको भनाइ छ, 'कम्तीमा औषधि राखेर लास नकुहाई त ल्याउन सकिन्थ्यो नि ।'

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger