Widgets

Home » » आकस्मिक कक्षमै झारफुक

आकस्मिक कक्षमै झारफुक

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

snake bite

सर्पले डसेर टीकापुर अस्पतालमा भर्ना गरिएकी एक बालिकालाई गुरुवाले आकस्मिक कक्षमै झारफुक गरेका छन् । टीकापुर ८ राजीपुरकी १० वर्षीया भावना टमटालाई अस्पतालमै झारफुक गरिएको हो । डाक्टरको मात्र भर नपरी आफन्तले स्थानीय गुरुवा भागीरामलाई समेत बोलाएर झारफुक गरिरहेका छन् । सोमबार राति सर्पले उनलाई डसेको थियो । टीकापुर अस्पतालको इमर्जेन्सी कक्षमा राखेर उनको उपचार भइरहेको छ भने इमर्जेन्सी कक्षमै उनको झारफुक पनि गुरुवाले गरिरहेका छन् । बालिकाको ज्यान बचाउन दुवै विधिबाट उपचार गराइरहेको आफन्तले बताए । अस्पतालका सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनालले बिरामी बेहोस भएपछि अस्पताल पुर्‍याइएको र थप उपचारका लागि नेपालगन्ज लैजान सल्लाह दिएकोमा नमानेर बालिकाका आफन्तहरू झारफुकमा लागेको बताए । 'झारफुकमा भर नपर भन्दा पनि मान्दैनन्, कसैलाई सन्तुष्टि हुन्छ भने गर्छन्,' उनले थपे । अस्पतालमै झारफुक हुन थालेपछि हेर्न आउनेहरूको घुइँचो लागेको छ । अस्पतालका डा. खनालका अनुसार यो वर्ष सर्पले डसेर टीकापुर अस्पतालमा उपचारका लागि आएको संख्या ३ छ । तीमध्ये एक जना उपचारपछि घर फर्केको र अर्को एकको मृत्यु भएको थियो । सर्पले डसेको अवस्थामा तत्काल अस्पताल पुर्‍याई उपचार गरिए ज्यान जोगाउन सकिने खनालले बताए । 'सर्पले डसेको अधिकांश केसहरू ढिलो गरी अस्पताल ल्याइने गरिएको छ,' उनले भने, 'गाउँमै झारफुक गरेर ठीक गर्ने प्रयास गरिन्छ, बिरामीको अवस्था जटिल हुँदै गएपछि मात्र अस्पताल पुर्‍याइन्छ ।' मंगलबार बिहान उपचारका लागि अस्पताल ल्याइएकी भावनाको उपचार जारी रहे पनि ढिला अस्पताल ल्याएका कारण उपचारमा कठिनाइ भइरहेको सुपरिटेन्डेन्ट खनालले बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger