Widgets

Home » » आमाबाबुले छाडेका बालक अलपत्र

आमाबाबुले छाडेका बालक अलपत्र

Written By sangalo on Wednesday, July 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

child

पर्वत, असार १९ - आमाले जंगलमा फालेकी ११ महिने बालकलाई बाबुले समेत वास्ता नगरेपछि अलपत्र परेका छन् । नवलपरासी गैंडाकोट, ३ की मीना पौडेलले प्रेमीलाई खुसी पार्न छोरा भीष्मलाई जेठ ७ गते मुडिकुवाको जंगलमा फालेकी थिइन् । छाडिएको २१ घन्टापछि प्रहरीले उद्धार गरी मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेकामा बाबु कृष्णबहादुर पौडेल तथा आफन्तले पनि उनको बेवास्ता गरेको प्रहरीले जनाएको छ । बालकलाई कसैले पनि वास्ता नगर्दा मनिपाल अस्पतालले मंगलबार प्रहरी कार्यालयको जिम्मा लगाएको छ । निमोनियाबाट पीडित बालकको स्वास्थ्यमा सुधार आएपछि उपचार खर्चबापत ३८ हजार ५ सय रुपैयाँको बिल प्रहरीको जिम्मा लगाएर अस्पताल कर्मचारी पोखरा फर्किएको प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले बताए । बालकलाई अहिले जिल्ला प्रहरीको आश्रयमा राखिएको प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारी बताउँछन् । 'बालकका बाबु तथा मावलीलगायत आफन्तलाई बारम्बार खबर गर्दा पनि बेवास्ता गरे,' अधिकारीले भने, 'प्रहरी संरक्षकको खोजीमा छ ।' निष्ठुरी बाबुआमाले छाडेकाले संरक्षकको खोजी गरिएको उनले बताए । अधिकारीका अनुसार एक-दुई दिनसम्म बालकको आफन्तजनलाई कुर्ने र नआए अर्को व्यवस्था गरिनेछ । प्रहरीका अनुसार कृष्णबहादुरले मावलीबाट भेट्न आउने भन्ने तर अहिलेसम्म आएका छैनन् । अस्पतालमा लागेको खर्च तिर्ने अवस्था नरहेकाले बच्चा लिन नआएको कृष्णबहादुरले प्रहरीलाई बताएका छन् । भीष्मलाई मुडिकुवाको जंगलमा फालेर आमा मीना प्रेमीसँग विवाह गर्न हिँडेकी थिइन् । बाबु कृष्णबहादुर बागलुङमा ट्याक्टर चालक हुन् भने आमालाई ज्यान मार्ने उद्योगमा पर्वत जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger