Widgets

Home » » ढुंगा लागेर मलेसियामा एक नेपालीको ज्यान गयो

ढुंगा लागेर मलेसियामा एक नेपालीको ज्यान गयो

Written By sangalo on Saturday, July 20, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
रामचन्द्र नेपाल ५ साउन, क्वालालाम्पुर । मलेसियामा एक नेपालीको ढुंगाले लाग्दा ज्यान गएको छ । जोहोरवारुको जलान २ वन्दर श्री आलममा रहेको ढुगा खानीमा व्लास्टिङ गर्ने क्रममा उछुटिटएको ढुगांले लागेर ड्राईग ट्याक कम्पनीमा कार्यरत उदयपुर कटुन्जे बबला ८ ढाक्रे घर भएका अन्दाजी २३ वर्षका लुहान राईको ज्यान गएको हो । शुक्रवार दिउँसो रेष्टको समयमा खाना खाईसकेपछि फेरि डिउटी गरिरहेको अवस्थामा ब्लास्टिङ गरेको ढुगा एक्कासी कम्पनीको छानामाथि आएर वजि्रएको थियो । ढुगा छानो छेडर कम्पनीभित्र खस्दा राईको ज्यान गएको हो । ब्लास्टिङ भएको स्थान र उक्त कम्पनी करीव एक किलोमिटर टाढा रहेको भिम तामाङले जानकारी गराएका छन् । घटनामा नेपाली दुई सहित १० जना विदेश कामदारहरु घाईते भएका थिए । तामाङका अनुसार घाईतेहरुको जोहोरको सुल्तान अस्पतालमा उपचार पश्चात होस्टलमा फर्किएका छन । स्थानिय पत्रिकाहरुले जनाए अनुसार घटनामा १८ वटा जति कार र करीव १४ वटा कम्पनीमा सामान्य क्षति पुगेको छ । कतिपय कम्पनीका झयालका सिसाहरु फुटेका छन । राई २६ महिनादेखि मलेसियामा कार्यरत रहेका थिए । मृतकका आफनै सहादर दाजु सामाण्डु राई पनि घटना घटेको ठाउँभन्दा पाँच मिनेट टाढा पर्ने अर्को कम्पनीमा कार्यरत छन । हाल मृतक राईको शव पोस्मार्टमकेा लागि स्थानिय अस्पतालमा लगिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger